मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तान युद्ध सकिएको तालिबानद्वारा घोषणा

अफगानिस्तान युद्ध सकिएको तालिबानद्वारा घोषणा

देशले मुक्ति र जनताले स्वतन्त्रता पाएको दाबी

  • बिहिबार, भदौ ३, २०७८
अफगानिस्तान युद्ध सकिएको तालिबानद्वारा घोषणा

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबान बिद्रोहीले युद्ध अन्त्यको घोषणा गरेका छन । अफगानिस्तान सरकार ढल्नुका साथै राष्ट्रपति अशरफ घाती देश छाडेर भागेपछि तालिबान बिद्रोहीले आफुहरु विजय भएको दाबी गरेका हुन । तालिबानले देशको मुक्ति अनि जनताको स्वतन्त्रता प्राप्त गरेको दाबी समेत गरेका छन ।

विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहो¥याउने आफूहरूले ठानेको तालिबानको प्रतिक्रिया छ । बिद्रोहीले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेका छन । अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केपछि अफगानिस्तानमा त्रासको अवस्था छ ।

अफगानिस्तान छाडेर फर्कनेको काबुल विमानस्थलमा चाप बढेको छ । अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेका छ हजार सेनालाई विमानस्थल परिसरमा खटाएको छ । अमेरिकी तथा गठबन्धन सदस्यहरूलाई गैरसैनिक एवै सैनिक विमानमार्फत् उद्धार गर्न सेनालाई विमानस्थलमा खटाइएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् । आन्तरिक द्वन्द्वमा कहिल्यै अन्त्य नहुने अमेरिकी उपस्थितिलाई आफूले उचित ठह¥याउन नसक्ने उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार