सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • भारत विक्रम शाह सहित ११ जनाको टोली बडिमालिका चिनाउन साइकल यात्रामा

भारत विक्रम शाह सहित ११ जनाको टोली बडिमालिका चिनाउन साइकल यात्रामा

बडिमालिकालाई बिश्व सामु चिनाउन

  • बुधबार, भदौ २, २०७८
भारत विक्रम शाह सहित ११ जनाको टोली बडिमालिका चिनाउन साइकल यात्रामा

बाजुरा — सुदूरपश्चिमका साइकल यात्रीहरूले बडिमालिका यात्रा शुभारम्भ गरेका छन्। साइकल यात्री भारत विक्रम शाह सहित ११ जनाको टोलीले सुदूरपश्चिमको धार्मिक गन्तव्यलाई प्रचार प्रसार गर्ने उदेश्य सहित बडिमालिका यात्रा सुरु गरेका हुन् ।

कैलालीबाट  यात्रा सुरु गरेको टोलीले करिब ४ दिनमा साइकल यात्राबाट बडिमालिका पुग्ने लक्ष्य लिएको छ। टोली आज  मार्तडी पुगेको छ । भने यात्राको क्रममा विभिन्न स्थानमा क्याम्पिङ  गर्दै स्वास्थ्य सामग्री समेत वितरण गर्ने योजना बनाएको भरत विक्रम शाहले बताएका छन् ।

” बडिमालिका माताको दर्शन यात्रा सङ्गै इतिहासमै पहिलो पटक साइकल सहित बडिमालिका पुग्न हाम्रो टोली बाजुराको मार्तडी पुगेको र समग्र सुदूर पश्चिम को पर्यटनलाई हाम्रो साइकल यात्राले थप उचाइमा पुर्‍याउने छ  । भन्ने हामीले आशा लिएका छौँ शाहले भने। “

४२०० मिटरको हाइटमा  रहेको बडिमालिका सुदूरपश्चिम को एक महत्त्वपूर्ण धार्मिक गन्तव्य हो। प्रख्यात र शक्तिशाली हुँदा हुँदै पनि भौगोलिक विकटता र प्रचार प्रसार को अभावमा छायामा पर्दै आएको छ।

यही कुरालाई मध्यनजर गर्दै यस साइकल यात्रीको टोलीले साइकल यात्राबाट  पनि बडिमालिका पुग्न सकिन्छ, इच्छा भयो भने माताले नै यहाँसम्मको यात्रामा सहजता पुर्‍याउनु हुन्छ  र हाइ अल्टिच्युडमा साइकल खेल समेत गर्न सकिन्छ भन्ने जनमानसमा सकारात्मक सन्देश जाओस् भन्ने हेतुका साथ यात्रा सुरु गरेको उनले बताए ।

बडिमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् ।

बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन् । फाँटमा अनावश्यक चरी चरन र जडीबुटी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्ला बसीको गुनासो छ ।

चर्चामा

सम्बन्धित समाचार