• होमपेज
  • बडिमालिका
  • एचआरसी बाजुराद्धारा जिल्ला अस्पतालमा स्वास्थ्य साम्रगी सहयोग

एचआरसी बाजुराद्धारा जिल्ला अस्पतालमा स्वास्थ्य साम्रगी सहयोग

  • मङ्लबार, भदौ १, २०७८
एचआरसी बाजुराद्धारा जिल्ला अस्पतालमा स्वास्थ्य साम्रगी सहयोग

बाजुरा — मानव संसोधन केन्द्र एचआरसी बाजुरा नामक गैरै सरकारी संस्थाले जिल्ला अस्पताल बाजुरामा स्वास्थ्य साम्रगी सहयोग गरेको छ । एचआरसी बाजुराले कोरोना महामारीका बेला अस्पतालमा हुने जोखीमलाई न्युनिकरण होस भन्ने उदेस्यका साथ स्वास्थ्य साम्रगी सहयोग गरेको हो ।
एचआरसी बाजुराले जिल्ला अस्पताल बाजुरा लगायत जिल्ला प्रहरी कार्यालय बाजुरा र ससस्त्र प्रहरी बल बाजुरा गुल्मलाई समेत मास्क सेनिटाइजर लगायतका स्वास्थ्य साम्रगी सहयोग गरेको एचआरसी बाजुराका कार्यालय प्रमुख अग्नीराज शाहीले बताएका छन ।
जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर ५ ओटा, के नाईन्टी फाईप मास्क १ सय ५०, सर्जिकल मास्क २० डिब्बा सेनिटाईजर २ सय ५० मिलि लिटरको १ सय लगायातका साम्रगी सहयोग गरेको एचआरसी बाजुराले जनाएको छ ।

No description available.

त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाजुरालाइ एन नाइन्टीफाइभ मास्क,सर्जिकल मास्क, सेनिटाइजर, ग्लोब्स, फेस सिल्ड, पिपिई सेट, गम बुट,पल्स अक्सिमिटर लगायत गरी ४८ हजार बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री र शसस्त्र प्रहरी बल बाजुरालाई एन नाइन्टीफाइभ मास्क,सर्जिकल मास्क, सेनिटाइजर, ग्लोब्स, फेस सिल्ड, पिपिई सेट, गम बुट,पल्स अक्सिमिटर लगायत गरी २२ हजार बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री सहयोग गरिएको बताइएको छ । जिल्ला अस्पताल बाजुरामा ३ लाख ५० हजार, जिल्ला प्रहरी कार्यालय बाजुरालाई ४८ हजार ससस्त्र प्रहरी बल बाजुरा गुल्मलाई २८ हजार बराबरको स्वास्थ्य साम्रगी हस्तान्तरण गरिएको जनाएको छ ।

No description available.
सो सुरक्षा सामाग्री मंगलबार दिउसो प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले अस्पताल बाजुराका प्रमुख प्रकाशराज जोशी, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख मदनजीत महरा, शसस्त्र प्रहरी बल बाजुराका प्रमुख दिपक विष्टलाई हस्तानतरण गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट कोरोना महामारीलाई नियन्त्रण गर्न लागिपर्न आग्रह समेत गरेका छन् ।
जिल्ला अस्पताल बाजुरामा एक कार्यक्रमका बिच सो साम्रगी हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा सो साम्रगी हस्तान्तरण गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताएका छन । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले एचआरसी बाजुराले गरेको सहयोग अतुलनिय रहेको र फेरी पनी सहयोगका लागि अनुरोध गरेका थिए । यसरी सस्थाहरु लगायत सबैले आ आफ्नो ठाउँबाट कोरोनाबाट बच्न बिभिन्न अभियान संचालन गरी कोरोना भाईरस लाई परास्त गर्न सहयोग पुगेको प्रमुख जिल्ला अधिकारीले बताए । मानव संसोधन केन्द्र एचआरसी बाजुरा केही स्थानीय तहमा पनी स्वास्थ्य साम्रगी सहयाेग गर्ने कार्य रहेकाे र बाटाेकाे समस्याले ढिलाइ भएकाे मानव संसोधन केन्द्र एचआरसी बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार