• होमपेज
  • बुढीगंगा
  • बुढिगंगामा जलबायु परिवर्तन सम्बन्धि दुई दिने तालिम सम्पन्न

बुढिगंगामा जलबायु परिवर्तन सम्बन्धि दुई दिने तालिम सम्पन्न

  • बिहिबार, साउन २१, २०७८
बुढिगंगामा जलबायु परिवर्तन सम्बन्धि दुई दिने तालिम सम्पन्न

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा जलबायु परिर्वतन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । सामुदायीका बिकाश मन्च नेपालको आयोजना तथा कारितास नेपाल र कारितास अस्ट्रलियाको सहयोगमा सो तालिम सम्पन्न भएको हो ।
कारितास अष्ट्रिया ,कारितास नेपालकाे अार्थिक सहयाेगमा सामुदायिक बिकास मन्च नेपाल द्वारा संन्चालित सामुदायिक उत्थानिशलता सुदृढीकरण परियाेजना ,अन्तगत बिपद् जाेखिम स्थानका कृषक समुहमन जलबायु पिरवर्तन तथा बिपद् जाेखिम व्यवस्थापन सम्बन्धि २ दिने तालिम समपन्न भएकाे सामुदायिक उत्थानशिलता सुदृढीकरणा परियाेजनाका बुढिगंगा नगरपालिकाकी कार्यक्रम अधिकृत जानकी चन्दले बताएकी छन । सामुदायिक बिकास मन्च नेपाल द्वारा संन्चालित सामुदायिक उत्थानिशलता सुदृढीकरण परियाेजनाले बुढिगंगा नगरपालिका क्षेत्रमा रहेको प्रकोप प्रभाबितहरुको जिवीको पार्जनमा सहयो पुर्याउने उदेस्यले सो तालिमको आयोजना गरिएको परियोजना संयोजक चन्दले बताएकी छन ।
बुढिगंगा नगरपालिका ४ सय परिवार लक्षित समुह रहेको र समुददाय स्तरमा किशान समुह गठन गरी जिविको पार्जन र जलबायु परिर्वन सम्बन्धी तालिम संचालन गरीएको चन्दले बताएकी छन । पहिलो चरणमा बुढिगंगा नगरपालिकाका १३ ओटा समुहलाई सो तालिम दिइएको चन्दले बताएकी छन । तालिमका एक समुहका ३१ जना सहभागीता रहेका छन ।

No description available.
तालिममा प्रकोप प्रभाबित क्षेत्र अम्कोट, कुणी, ताप्रिसेरा, भण्डारी गाउँ, निमोनी, देनसाईल, बाइल र नयाँ बस्ती बेतालमाण्डौका समुदाय रहेको परियोजना संयोजक चन्दले बताएकी छन । तालिममा सहभागी रहेका सबैले धेरै कुराको जानकारी पाएको बताएका छन । तालिममा प्रकोपबाट कसरी बच्ने भन्ने बिषयमा राम्रो ज्ञान पाएको तालिमका सहभागी बेलकाटियाका उमाकान्त पाध्यायले बताएका छन । त्यसै गरी जलबायु परिर्वनको असर प्रतक्षरुपमा हामी परेको रहेछ भन्ने कुराको जानकारी पाएको उनले बताए ।

No description available.
प्रकोप किन हुन्छ र कसरी हुन्छ भन्ने बिषयमा तालिममा राम्ररी सिक्न पाएको कुरा तालिमका अर्का सहभागी बिन्दा बिष्टले बताईन । उनले भनिन यो मौसमका कारण पहिला फल्ने काफल असैलु र अन्नबालीहरु र अहिले फल्ने अन्बाली समय भन्दा फरक किन भएको भएको हो भन्ने कुराको जानकारी पाएको टिउकी नेपालीले बताईन । यो सबै जलबायु परिर्वतनका कारण भएको रहेछ हामी त तिथि मिती फरक हुदा भएको हुन सक्ने अड्कल गरेका थियो त्यो भन्दा पनी जलबायु् परिर्वतनका कारण ढिलो चाँडो फल लाग्ने रहेछ यसै तालिममा सिक्यौ नेपालीले बताइन ।
जलबायु परिर्वन संगै जिविकोपार्जन सम्बन्धी तालिम पनि हाम्रा लागि प्रभावकारी भएको तालिमका सहभागीहरुले बताएका छन । यो तालिमले हामीलाई राम्रो सिकाई भएको र यसले गर्दा हाम्रो जिवनमा परिर्वतन गर्न सक्ने तालिमका सहभागीहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार