शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • किर्डाक नेपाल द्धारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

किर्डाक नेपाल द्धारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

  • बुधबार, साउन १३, २०७८
किर्डाक नेपाल द्धारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

कालिकाेट — किर्डाक नेपालले पलाँता गाउँपालिकामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । BMZ जर्मनीको आर्थिक सहयोग, मिसन ईस्टको प्राविधिक सहयोग र पलाँता गाउँपालिकाको समन्वयमा किर्डाक नेपालद्धारा संचालित BMZ-002 परियोजनाको Covid -19 Phase-II अन्र्तगत पलाँता गाउँपालिकाको वडा न. १, २, ३, ७, ८ र ९ का १०० घरधुरीलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण हो ।

किर्डाक नेपाल द्धारा संकलन गरिएको तथ्यांकका आधारमा वडा कार्यालयबाट छनौट गरिएका विपन्न, एक महिला घरमुली भएको परिवार, अपांगता भएको व्यक्तिको परिवार र कोभिड संक्रमित परिवारलाई सामाग्री वितरण गरिएको हो । वितरण कार्यक्रम पलाँता गाउँपालिका वडा न. १ बाट साउन ५ गते शुरु भई वडा न. ९ मा साउन १२ गते अर्थात आज सम्पन्न भएको हो । वितरण कार्यक्रम सम्बन्धित वडाको वडा कार्यालय वा लाभग्राहीलाई पायक पर्ने स्थानमा संचालन गरिएको थियो ।

जनप्रतिनिधीहरु, वडा कार्यालयका कर्मचारीहरु, स्थानीय बुद्धिजिवीहरु र लाभग्राहीको उपस्थितीमा सम्पन्न भएको वितरण कार्यक्रममा कोभिड १९ को सुरक्षा मापदण्डको पालना गरिएको परियोजना संयोजक पदम कठायतले बताएका छन ।
प्रति परिवार २५ किलोग्राम चामल, २ किलोग्राम दाल, २ किलोग्राम चिनी, २ किलोग्राम चना, २ लिटर तेल, १ किलोग्राम नुन, १ प्याकेट सर्जिकल मास्क, दुई सय मिलिलिटरको १ बोतल स्यानीटाइजर र पन्चानब्बे ग्रामको ४ वटा नुहाउने साबुन वितरण गरिएको हो । प्रति परिवार ३२३४ रुपैया १३ पैसा का दरले जम्मा रु. ३ लाख २३ हजार ४ सय १३ बराबरको सामाग्री वितरण गरिएको परियोजना संयोजक पदम कठायतले जानकारी दिएका छन् ।
वितरणका कार्यक्रममा उपस्थिती वडा न. २ का अध्यक्ष बिरी वि.कले पाउनु पर्ने घरपरिवारहरुले नै सामाग्री पाएकोमा किर्डाक नेपाललाई धन्यवाद दिए । वडा न. १ का वडा सदस्य मोती कार्कीले आगामी दिनमा पनि किर्डाक नेपालले यस्तै कार्य गर्दा जनतालाई राहत हुने बताएका छन् । वडा न. ८ का वडा सचिव पञ्च बहादुर शाहीले निश्पक्ष र पारदर्शि रुपमा वितरण कार्य सम्पन्न गरेको भन्दै किर्डाक नेपाललाई धन्यवाद दिए ।

चर्चामा

सम्बन्धित समाचार