शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • एसईईको मूल्यांकन रुजु गर्ने काम सुरू

एसईईको मूल्यांकन रुजु गर्ने काम सुरू

  • सोमवार, साउन ११, २०७८
एसईईको मूल्यांकन रुजु गर्ने काम सुरू

राष्ट्रिय परीक्षा बोर्डले सोमबारदेखि एसईईको मूल्यांकन रुजु गर्ने भएको भएको छ । आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्यांकन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएको बोर्डले जनाएको छ ।

बाँकी दुई जिल्लाको मूल्यांकन पनि अबेरसम्ममा आइसक्ने भएकाले सोमबारदेखि प्राप्त मूल्यांकन रुजु एवं तालिकीकरणको काम शुरु हुने एसईई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । ‘आज अबेरसम्म सबै मूल्यांकन आइसक्ने भएकाले भोलिदेखि हामी रुजु तथा टेबुलेसन गर्ने काम शुरु गर्छौं,’ उनले भने ।

परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी असारभित्र परीक्षा नियन्त्रण कार्यलयमा पठाइसक्न शिक्षा विकास समन्वय इकाईलाई निर्देशन दिएको भए पनि प्राकृतिक विपत्ति लगायतका कारणले तोकिएको समयमा आइपुगेको थिएन ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्ने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार