शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोनाविरुद्धको खोप लगाउन अब अनलाइन फाराम भर्नुपर्ने (फाराम सूचीसहित)

कोरोनाविरुद्धको खोप लगाउन अब अनलाइन फाराम भर्नुपर्ने (फाराम सूचीसहित)

  • आइतवार, साउन १०, २०७८
कोरोनाविरुद्धको खोप लगाउन अब अनलाइन फाराम भर्नुपर्ने (फाराम सूचीसहित)

काठमाडौं उपत्यकामा अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन (विद्युतीय) फाराम भर्नुपर्ने व्यवस्था लागू गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षदेखि ५० वर्षका नागरिकहरुले अनलाइन फाराम भरेर प्राप्त गरेको दर्ता नम्बर ल्याएपछि मात्रै कोरोनाको खोप उपलब्ध हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रअनुसार अनलाइनमार्फत कोरोना खोप लगाउने निर्णय भएको कार्यालयले जनाएको छ । साथै, १८ देखि ५० वर्षका नागरिकलाई सकेसम्म चाँडो अनलाइन आवेदन फाराम भर्न पनि कार्यालयले जनाएको छ ।

खोपका लागि आवेदन फाराम भर्न स्वास्थ्य मन्त्रालयको वेवसाइट भिजिट गर्नुपर्ने हुन्छ ।

खोपका लागि आवेदन भर्न यहाँ क्लिक गर्नुहोस् अनि भर्नुहोस्:

https://vaccine.mohp.gov.np/

download

 

चर्चामा

सम्बन्धित समाचार