शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • आफै रगत दिएर बिरामी बचाउने डा. साउदको बिदाईमा बाजुरा

आफै रगत दिएर बिरामी बचाउने डा. साउदको बिदाईमा बाजुरा

अप्रेशसन गरेर धेरै आमा र बच्चा बचाउने भगवान साउँद

  • शनिबार, साउन ९, २०७८
आफै रगत दिएर बिरामी बचाउने डा. साउदको बिदाईमा बाजुरा

बाजुरा–२०७६ साल पौष १९ गते बडिमालिका नगरपालिका ७ बस्ने २० बर्षकी ममता रोकायालाई अत्याधिक रक्तस्राब भएपछि जिल्ला अस्पताल बाजुरामा आफन्तले पुयाए । उनी डेढ महिनाकी गर्भवती रहेकी थिईन् । उनको पाठेघरमा अत्याधिक रक्तस्राब भएपछि अचेत अबस्थामा मात्र जिल्ला अस्पताल बाजुरामा पुयाईएको थियो ।
ममतालाई अस्पताल पुयाउने बितिकै बि पोेजेटिभ रगतको आबश्यक रहेको थियो । उनका श्रीमान बिरेन्द्र रोकायालाई रगत खोज्न चिकित्सले भने । उनले रगतका लागि धेरै हारगुहार गरे, आफन्तलाई भने, कतै रगत दिने ब्यक्ति पाएनन् । ममताको रगतमा हेमोगोलोबिनको मात्र २ प्वान्ट मात्र थियो । बिरेन्द्रले कतै रगत नपाएपछि अस्पतालका चिकित्सक डा. शेर बहादुर साउदले एक एक प्वान्ट रगत दिए । उनको अबस्था निकै जोखिम थियो, आफुहरुले रगत दिनु भन्दा अरु बिकल्प नै भएन्, डा. साउदले वताए ।
डा. साउदले ममता रोकाया जस्तै धेरैलाई उपचार गरेर मात्र नभइ आफै रगत दिएर पनि ज्यान बचाएका छन् । २०७६ साल मंसिर १५ गते जिल्ला अस्पताल बाजुरामा आएका थिए । उनको सम्झौता अबधि सकिएपछि केही दिन पहिला मात्र जिल्ला अस्पताल बाजुरा बाट बिदाई भएर डोटि अस्पतालमा पुुगे । साउदको बाजुराको बसाईमा सधै बिरामीको मन जित्न सफल भए । बाजुराको बसाईमा ७६ जना गर्भवती आमा र बच्चालाई अप्रेशसन गरेर ज्यान समेत बचाएका छन् ।
डा. साउद आकस्मीक प्रस्तुती सेवा दिने तालिम प्राप्त मेडिकल अधिकृत हुन् । उनि स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटलले जिल्ला अस्पताल बाजुरामा पठाएको थियो ।
डा. साउदले थुप्रै बजुरेलीलाई बचाएका छन् । उपचार मात्र गरेनन, आफै रगत दिएर बचाए । साउदको करिब २ बर्षको बसाइमा धेरै बिरामी बचाए । साउदको योगदानकाे त कहिले बयान गर्न सकिन्न्, अर्को मुल्याकंन पनि गर्न सकिन्न । बाजुरा बस्दा सधै बिरामीको सेवामा लागिरहे शिक्षक दिप्रेन्द्र सिंहले वताए । डा. साउद जतिबेला पनि बिरामीकै सेवा देखिन्थे । हुनत जिल्ला अस्पताल बाजुरामा धेरै चिकित्सक आए । कोही काम नगर्ने, कोही पैशा पछि लाग्ने कोही आफु त मेडिकल अधिकृत हु भनेर दम्ब देखाउने काम नगर्ने बिरामी चेक नगर्ने घटना थुप्रै बाहिर आएका थिए । तर साउदलाई बजुरेलिले जहिले निभगवान जस्तै ठानिरहे । उनको सेवाको प्रसंशा बजुरेलीबासी सधै गरिरहने छन् ।
डा. साउदले कोभिड बिरामीका उपचारमा पनि रातदिन नभनि लागे । उनले कोरोनाका बिरामी बचाउनका लागि अक्सिजन सिलिण्डर किन्ने अभियानमा समेत पैसा सहयोग गरे । तर धेरै बजुरेली जनता बचाउने चिकित्सको बिदाईमा बाजुरा रोएको छ । सुत्केरी हुन नसेकि धेरै आमालाइ बचाए ।
अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापा भन्छन्, डा. शेर साउदलाई कहिले अहम भाबना भएन् । सधै बिरामीको सेवामा लागिरहे, उनि प्रति बिरामीको बिश्वास पनि राम्रो बढेको थियो, उनलाई बाध्य भएर अस्पताल बाट बिदा गर्नुपरेको अध्यक्ष थापाले वताए ।

चर्चामा

सम्बन्धित समाचार