शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • किर्डाक नेपाल द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

किर्डाक नेपाल द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • बिहिबार, साउन ७, २०७८
किर्डाक नेपाल द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम मार्फत स्वास्थ शाखालाई सामग्री हस्तान्तरण गर्दै परियोजना संयोजक पदम कठायत

कालिकाेट — किर्डाक नेपालले आज (2078-04-06) पलाँता गाउँपालिकाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । BMZ जर्मनीको आर्थिक सहयोग, मिसन ईस्टको प्राविधिक सहयोग र पलाँता गाउँपालिकाको समन्वयमा किर्डाक नेपाल द्धारा संचालित BMZ-002 परियोजनाको Covid-19 Response Phase-II अन्र्तगत सामाग्री वितरण गरिएको हो । पलाँता गाउँपालिका स्वास्थ्य संस्था मार्फत पलाँता गाउँपालिका वडा न.१ को पुलाहाँ आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा न.२ को स्वास्थ्य चौकी धौलागोह, वडा न. ३ को धौलागोह आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा न. ७ दैनिक आधारभुत स्वास्थ्य सेवा केन्द, वडा न. ८ को खिर्पी स्वास्थ्य चौकी (सरुवा रोग शाखा) र वडा न. ९ मा रहेको पलाँता अस्पताललाई सामाग्री वितरण गरिएको किर्डाक नेपालका परियोजना संयोजक  पदम कठायतले बताएका छन ।
विश्वभरी बढीरहेको कोभिड १९ ले मानव समुदायमा पार्न सक्ने सम्भावित प्रभाव र खास गरी यसले पलाँता गाउँपालिकामा ल्याउन सक्ने जोखिम कम गर्नका लागी उक्त सामाग्री वितरण गरिएको परियोजना संयोजक  कठायतले बताए।

९ लाख ८१ हजार १ सय ९० बरावरको वितरित सामाग्रीमा अक्सिजन कन्सेन्ट्रेटर ५ वटा, अक्सिजन सिलिण्डर ४ वटा , अक्सिजन रेगुलेटर ४ वटा, क्लोरिन र स्पे्र ट्यांक ४ सेट, पीपीई सेट १८ , एन्टिजेन किट १०० पीस, गगल ५४ वटा, फेस सिल्ड ११० वटा, अक्सिमिटर १६ वटा, थिक ग्लोव १२० जटा , सर्जिकल मास्क १५० प्याकेट , N 95 मास्क ९० वटा, सय मिलिलिटरको स्यानीटाइजर १०० बोतल, पाँच सय मिलिलिटरको स्यानीटाइजर ४० बोतल, ह्याण्ड वास लिक्वीड ४८ बोतल र थर्मल गन १२ सेट रहेका उनले बताए । गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले किर्डाक नेपालबाट प्राप्त भएको सामाग्रीहरुले पलाँता गाउँपालिकामा कोभिड १९ को प्रतिकार्यका लागी महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।

त्यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बमले किर्डाक नेपालले विगत लामो देखी पलाँता गाउँपालिकाको विकासका लागी महत्वपुर्ण भुमिका खेल्दै आएको हरेक प्रकारको समस्यामा सहकार्य गर्दै आएको भन्दै धन्यवाद ज्ञापन दिए । पलाँता अस्पतालका मेडिकल अधिकृत डा. विजय कुमार महतोले अस्पाताललाई आवश्यक पर्ने अतिआवश्यक सामाग्री प्राप्त भएकोले विरामीहरुको उपचारमा सहज हुने विश्वास गरेकाछन् ।

चर्चामा

सम्बन्धित समाचार