शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • रेडक्रसद्धारा फैती र क्यूडीका बाढीपहिरो पीडितलाई राहत

रेडक्रसद्धारा फैती र क्यूडीका बाढीपहिरो पीडितलाई राहत

  • बिहिबार, साउन ७, २०७८
रेडक्रसद्धारा फैती र क्यूडीका बाढीपहिरो पीडितलाई राहत

बाजुरा — हिमाली गाउपालिका ४ क्यूडी र वडा नम्बर ५ फैतिका बाढी पहिरो पीडितलाई नेपाल रेडक्रस सोसाईटीद्धारा राहात बितरण गरिएको छ । गत असार ७ गते आएको अविरल वर्षाका कारण हिमाली वडा नं ५ क्युडिका ९९ परिवार र वडा नं ४ फैतिका २७ परिवार गरी १ सय २६ परिवारलाई युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी बाजुराको सहयोगमा राहात वितरण गरिएको हिमाली गाउँपालिकाका रेडक्रस सोसाइटी बाजुराका सदस्य बिर्खराज पाण्डेले बताए ।
हिमालीका पहिरोपिडितले प्रति परिवारलाई १ पाल, १ कम्बल, १ बाल्टीन, १ जग लगायत अन्य सरसफाईका सामाग्री वितरण गरेको रेडक्रस सोसाइटी बाजुराका सदस्य पाण्डेले बताए ।
बाढीपहिरो पीडितबाट बिस्तापीत भएको १ महिना पछि सामान्य भएपपछि पीडितले राहात पाएको छ । असार ७ गते स्थानियहरु गाउँ भन्दा एक घण्टा टाढा जोरगाउँ जंगलमा पालको आश्रय लिएर बसेका छन्  । ‘कोही भैंसीको खर्कमा बसेका छन् । पाल हुनेहरू पाल हालेर बसेका छन । नहुनेहरू कोही ओडारमा, कोही स्याउलाको ओत बनाएर बसेका छन् । हामी जंगलमा बस्दै आएका पीडितले गुुनासो गर्दै आएका छन् ।
राहात बितरण हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष चन्द्रादेवि बुढा, रेडक्रस सोसाइटी बाजुराका सदस्य लोकराज जोशी, बिर्खराज पाण्डे लगायतले पिडितलाई हस्तान्तरण गरेका हुन ।
पीडित चिसो भुइँमा सुत्नु परेकाले धेरै जना बिरामी हुन थालेका छन । बिस्तापीत भएर जंगलमा बसेको एक महिना हुन थाल्यो कसैले पाल सम्म पनि नदिएको बाढीपहिरो पीडित समेत रहेको वडा सदस्य बीरबहादुर बुढाले बताए । हुनेहरुले पुराना पाल हालेका छौ कोही ओराडमा बसेका छन् । कोही पाल भएकाहरुसंग आश्रय लिएर बसेका उनले बताए । गाउपालिकालाई अनुरोध गरेको थियो एक महिना पछि भएपनि राहात दिएकोमा पीडितले खुशी ब्यक्त गरेका छन् । चिसो पाल मूनी बस्ता गर्भबती महिला, सुत्केरी महिला बालबालिका तथा बृद्धबृद्धा बिरामी हुन थालेका स्थानिय मनसरी बुढाले बताईन ।
३ सय ५० महिला र बालबालिका सहित ६ सय जना विस्थापित भएका हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताए । सडक बनाउँदा प्राविधिक रूपमा ध्यान नपुगेकै कारण गाउँलेको बिचल्ली भएकाल गाउँपालिका अध्यक्ष गोविन्द मल्लको भनाइ छ । ‘अघिल्लो वर्ष पनि यो गाउँमा बाढीले क्षति गरेको थियो । प्रदेश सरकारले गाउँपालिकासँग समन्वय नै नगरी सडक निर्माण गरेका कारण विपत् आइलागेको उनको आरोप छ ।
पालिकाका बाढीपहिरो पीडितलाई स्थायी बसोबासको ब्यबस्थापनको लागि छलफलमा जुटेको र कसरी हुन्छ गाउपालिका ब्यबस्थापनमा गम्भिर भएको अध्यक्ष मल्लले बताए । बाताबरणीय मूल्याङन बिनै गाउँको मूनतिरबाट निर्माण गरिएको सडकका कारण घरहरू भासिएका छन् । ‘मम्जोर भूूभाग गाउँको तलतीर स्टाईभेरट प्रयोग गरेर जनमीन पूरै कम्पन भई हल्लेर छिया छिया भएको र बर्षाले कम्जो भूभाग बग्न थाले पछि सडक क्षेउछाउका गाउ बस्ति बढी जोखिममा रहेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
सडक निर्माणको लागि गाउँको तल्लो भाग खनेकाले गाउँ नै भासिएको रहेछ,’ पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण पछि फर्केका इलाका प्रहरी कार्यलय कोल्टिका इन्चार्ज प्रहरी निरिक्षक देबेन्द्र जोशीले वताए ।

‘गाउँ नै चिरा चिरा परेर भासिएको छ । कुनै घर भत्किसकेका जोशीले वताए । जमिन भासिएर कमजोर भएपछि गाउँको बीच भाग भएर बग्ने खहरे खोला गाउमै पसेको छ । पहिरोले बिस्थापित ठाँउ विकट भएकाले राहतको व्यवस्थापन गाह्रो परेको गाउँपालिका कार्यालयले जनाएको छ । पीडितहरूलाई राहत पुर्‍याउनका लागि प्रयास गरिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । जहिलै भोकमरीको चपेटामा रहेकै बस्तीलाई पहिरोले घेरेपछि दीर्घकालीन व्यवस्थापन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई आग्रह गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत्त भण्डारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार