शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ‘कालो ढुसी’को संक्रमणबाट भारतमा ४३ सयभन्दा धेरैको मृत्यु

‘कालो ढुसी’को संक्रमणबाट भारतमा ४३ सयभन्दा धेरैको मृत्यु

  • बुधबार, साउन ६, २०७८
‘कालो ढुसी’को संक्रमणबाट भारतमा ४३ सयभन्दा धेरैको मृत्यु

भारतमा म्युकरमाइकोसिस (कालो ढुसी)को संक्रमणको कारण ४३ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो ।

भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाका अनुसार अहिलेसम्म भारतमा कालो ढुसीका ४५ हजार ३७४ संक्रमित फेला परेका छन् । उनीहरुमध्ये करिब आधा मानिसहरु यसको उपचार गराइरहेका छन् ।

कालो ढुसीको संक्रमण नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कमा पनि पर्ने गर्छ । कालोढुसीको संक्रमण देखिनेमा अधिकांश कोरोनाबाट निको भएका मानिसहरु छन् । कोरोनाको उपचारको क्रममा स्टेरोइडको प्रयोग गर्ने र मधुमेहको समस्या भएका मानिसहरु सबैभन्दा धेरै जोखिममा रहेको डाक्टरहरुले बताएका छन् ।

डाक्टरहरुका अनुसार कोरोना निको भएको १२ देखि १८ दिनमा कालो ढुसीको संक्रमण देखिने गरेको पाइएको छ । भारतको महाराष्ट्र, गुजरात, तामिलनाडु र राजस्थानमा कालो ढुसीका सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । महाराष्ट्र र गुजरातमा मात्र संक्रमितको संख्या १ हजार ७८५ छ ।

भारतको बेंग्लोरका डाक्टर रघुराज हेग्ड पछिल्लो समय ठूलो संख्यामा यसका बिरामी आइरहेको र यसबाट मृत्यु हुनेको संख्या पनि उल्लेख्य रहेको बताउँछन् । डाक्टरहरुका अनुसार केही बिरामीको अस्पताल ल्याउनुभन्दा अघि नै मृत्यु हुने गरेको छ । साथै । केहीमा भने उपचारपछि घर फर्किएपछि पुनः यो समस्या देखिएको छ ।

एजेन्सीहरुको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार