शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा सार्वजनिक यातायात खुले, सडक खुल्ने अत्ताे पत्ताे छैन

बाजुरामा सार्वजनिक यातायात खुले, सडक खुल्ने अत्ताे पत्ताे छैन

  • मङ्लबार, साउन ५, २०७८
बाजुरामा सार्वजनिक यातायात खुले, सडक खुल्ने अत्ताे पत्ताे छैन

बाजुरा — कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै बाजुरा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुन सकेका छैनन् ।
पहिराले बाजुराको साफेँ मार्तडी सडक मार्तडी कोल्टी सडकसहित जिल्लाका ग्रामिण सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिराले बाजुराको राजमार्ग र ग्रामिण सडक अवरुद्ध भएका हुन् ।असार ६ गतेदेखि नै जिल्लाभित्र चल्ने सार्वजनिक यातायात खुला गरिए पनि जिल्लाका कुनै पनि ग्रामीण सडकमा सार्बजनिक यातायात चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीले बताएका छन् ।
आन्तरिक सार्वजनिक यातायातका साधन खुला गरिए पनि बाढी र पहिराका कारण अवरुद्ध बनेका सडक सञ्चालन गर्न नसक्दा यातायातका साधन सञ्चालन हुन नसकेको यातायात ब्यबासायीहरु बताउछन । ‘सार्वजनिक यातायात त खुला भयो तर, सडक खुला गर्न सकिएन, दिउँसो बनायो, राति पानी परेपछि पहिरो गएर सडक अवरुद्ध हुन्छ,’ ब्यबासायी बताउछन, ‘जिल्लाका प्रायः सबै ग्रामीण सडक पहिराले अवरुद्ध छन्, सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सकिएको छैन ।’
यहाँका सडक अवरुद्ध भएपछि टाढा-टाढा पुग्ने यात्रु बीच बाटोमा अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । वर्षा निरन्तर भइरहेका कारण राजमार्गका सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ ।

सडक अबराेध हुदा दैनिक उपभाेग्य साम्रगी ढुवानीमा समेत समस्या भएकाे ब्यापारीहरूले बताएका छन । साम्रगी ढुवानीमा बढि भाडा बढि तिर्नु पर्ने र उपभाेक्ता समेत मर्कामा परेका छन ।

चर्चामा

सम्बन्धित समाचार