मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाढिपहिरोको जोखिमा मार्तडिकाे गडखेत टोल, पुल नहुँदा आवजाजतमा समस्या

बाढिपहिरोको जोखिमा मार्तडिकाे गडखेत टोल, पुल नहुँदा आवजाजतमा समस्या

खेति योग्य जमिन बर्षेनी नदिको कटानमा

  • सोमवार, साउन ४, २०७८
बाढिपहिरोको जोखिमा मार्तडिकाे गडखेत टोल, पुल नहुँदा आवजाजतमा समस्या

बाजुरा–बडिमालिका नगरपालिका ८ मा रहेको गडखेत टोल पुरै बाढि पहिरोको जोखिममा रहेको छ । गाँउ नजिकै रहेको बाउली, र खारगाडले कटान गर्दै गएपछि ५० परिवार जोखिममा रहेको वडा सदस्य नर बहादुर अयडिले वताएका छन् ।
नदिले पुरै कटान गरिरहेको छ, जग्गा कटान गरिरहेको छ, अब घर जाने अबस्था रहेको जय अयडिले वताएका छन् । खोलामा बाढि आएको दिनमा कुनै दिन नसुत्ने रातभरी जागाराम बस्ने गरेको उनले वताए । सधैका बर्षमा बाउलि र खारगाडले जग्गा त कटान गरिरहेको छ, अब कुन दिन घर समेत जाने अबस्थामा रहेका छन् । जग्गा भने गडखेतका बासिन्दा मात्र नभई वडा नम्बर ८ र ९ का धेरै परिवारको पर्ने गरेको छ । जग्गा कटान हुदै गएपछि खाद्य संकट उत्पन्न हुदै गएको र बजारको चामल भर पर्ने गरेको उनिहरुले वताएका छन् ।
सधैका बर्ष नदिले कटान गर्दै आएको भएपनि कतै बाट तडबन्दन नहुँदा र नदिको ब्यबस्थापन नभएको स्थानिय प्रकाश अयडिले वताएका छन् । नगरपालिका लगायत अन्य निकायमा पहल गर्दा पनि कतै बाट पनि वास्ता नभएको स्थानियले वताएका छन् । खारगाडमा झोलुंगे पुल नहुँदा बडिमालिका नगरपालिका ३ का बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । पानि परेको दिनमा खोलामा बाढि आइहाल्छ, बाढि आएपछि आउन जान निकै समस्या हुने गरेको चोयाकोट माबिका शिक्षक धन बहादुर रावलले वताएका छन् । स्थानिय बासिन्दालाइ घास दाउराका लागि जंगल जान पनि समस्या भएको छ ।
वडा नम्बर ३ बाट नियमित सदरमुकाम मार्तडीा तरकारी, दुध, दाउरा ल्याएर आउने गरेका छन् । खारगाडा नदिमा पुल नहुदा कहिले नदिमा बाट फर्कने गरेको कहिले जोखिम तरिकाले नदि तर्ने गरेको वडा नम्बर ३ का अध्यक्ष बिर बहादुर रावलले वताएका छन् । पुलका लागि पहल भइरहेको उनले वताए । बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले भनिन्, नदिको कटान र नदिको माथि बाट पहिरो बग्ने भएकाले तलको बस्ति जोखिममा रहेको वताए । जग्गा धेरै कटान भइसकेको छ, समयमै नदि ब्यबस्थापन नगरे बस्तिनै बिस्थापित हुने बिष्टले वताईन् । ब्यबस्थापनका लागि प्रदेश र संघ सँग समन्वय भइरहेको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार