बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • जेल भएको स्यानिटाइजर लगाउनु राम्रो हो

जेल भएको स्यानिटाइजर लगाउनु राम्रो हो

सम्भव भएसम्म एकै प्रकारको स्यानिटाइजरमात्र नलगाउनूहोला

  • शनिबार, साउन २, २०७८
जेल भएको स्यानिटाइजर लगाउनु राम्रो हो

बजारमा धेरै खालका स्यानिटाइजर पाइन्छ। तर हामीले अल्कोहल ‘बेस’ मा भएको स्यानिटाइजर प्रयोग गर्नुपर्छ। यसले ७० देखि ८० प्रतिशतसम्म भाइरस मार्नसक्छ।

बच्चाको हकमा अल्कोहल फ्रि स्यानिटाइजर प्रयोग गर्नुपर्छ। घरभित्रै बस्ने बच्चाको लागि अल्कोहल फ्रि स्यानिटाइजर लगाउनु राम्रो हो। तर बच्चा बाहिर जान्छ भने खाना खानुअघि अल्कोहल ‘बेस’ स्यानिटाइजर लगाउनुपर्छ।

घरमै बस्ने सबै उमेर समूहका व्यक्तिले अल्कोहल फ्रि प्रयोग गरेमा त्यसले एलर्जी हुनबाट रोक्नसक्छ। घरबाहिर निस्किनेले अल्कोहल ‘बेस’ स्यानिटाइजरनै प्रयोग गर्नुपर्छ।

स्यानिटाइजर जेल, फर्म र लिक्वीडमा पाइन्छ। सकेसम्म जेल भएको स्यानिटाइजर लगाएको राम्रो हो। यसले हात नरम बनाउँछ। स्यानिटाइजर लगाउनेले क्रिम लगाउनुपर्छ। सकेसम्म हातले शरीरका अन्य भागमा छुन हुँदैन। मास्क चलाउने, नाक, मुख र आँखामा चलाउने गर्नु हुँदैन।

स्यानिटाइजरले ८० देखि ९५ प्रतिशत भाइरस मर्ने कुरा विश्व स्वास्थ्य संगठनलेसमेत भनेको छ। खाना खानुभन्दा पहिला मिल्छ भने साबुन पानीले हात धोएको राम्रो हो। यदि त्यो सम्भव भएन भने स्यानीटाइजर लगाएर खाना खाएको राम्रो हो। त्यस्तो अवस्थामा आफूले लगाएको स्यानिटाइजर सुक्नुपर्छ।

एक दिनमा कति पटक स्यानिटाइजर लगाउने भन्ने कुरा व्यक्तिको ‘एक्सपोजर’ मा भर पर्छ। कतिपयले घरमै बस्दा पनि पटक पटक स्यानिटाइजर लगाएका हुन्छन्। यस्तो गर्न जरूरी छैन। अफिस जाने हो भने अफिस जानुभन्दा पहिला र गएपछि लगाउनुपर्छ।

नाकबाट मास्क झिक्नुभन्दा पहिला र मास्क चलाइयो भने स्यानिटाइजर लगाउन जरुरी छ।

मान्छे अहिले बस्नुभन्दा पहिला पनि स्यानिटाइजर लगाउने गर्छन् त्यो जरूरी छैन। बारम्बार स्यानिटाइजर लागाउनुको अर्थ छैन।

स्यानिटाइजरले गर्दा हात सुख्खा हुने, फुट्ने, घाउ हुने हुन्छ। पानी निक्लिने, चिलाउने हुन्छ अर्कोतिर मुख, नाक अनि आँखामा चलाउने भएकाले इरिटेशनसमेत गराउँछ।

सकेसम्म आफ्नो अलग्गै स्यानिटाइजर प्रयोग गरेको राम्रो हो। धेरैथरि स्यानिटाइजर नलगाएकै राम्रो हो। सम्भव भएसम्म अरूले छोएको स्यानिटाइजर नलगाउनु होला किनकि, यो १० जनाले चलाएका हुन्छन्। जसले गर्दा संक्रमण हुने खतरा हुन्छ।केएमसी शिक्षण अस्पतालमा कार्यरत छालारोग विशेषज्ञ सह-प्राध्यापक डा.एलिज अर्याल सँग सेताेपाटी बाट साभार  गिरएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार