बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • उपचार अभाबमा जिवनमरणको दोसाधमा मनाकाेटकि १५ बर्षिय क्रान्ति रोकाया

उपचार अभाबमा जिवनमरणको दोसाधमा मनाकाेटकि १५ बर्षिय क्रान्ति रोकाया

  • बुधबार, असार ३०, २०७८
उपचार अभाबमा जिवनमरणको दोसाधमा मनाकाेटकि १५ बर्षिय क्रान्ति रोकाया

बाजुरा–बाजुराको गौमुल गाउँपालिका ५ मनाकोट बस्ने १५ बर्षिय क्रान्ति रोकाया उपचार अभाबमा जिवनमरणको दोसाधमा रहेकि छन् । आर्थिक अबस्था कमजोर रहेकि क्रान्तिका परिवारले जिल्ला अस्पताल बाजुरा हुदै अछामको बयलपाट अस्पताल उपचारमा लगेपनि उनलाई सञ्चो नभएपछि घर फिर्ता ल्याएका छन् ।
अस्पतालले उपचारका लागि अन्यत्र लग्नुपर्ने तथा दुुई महिना सम्म अस्पतालमा राख्नुपर्ने वताएपनि परिवारले पैसा अभाबमा घर फिर्ता ल्याएका छन् । क्रान्ति ज्वरो र खोकिले निकै थला परेको मनाकोट स्वास्थ्य चौकिमा कार्यरत अनमि लक्ष्मि बोहोराले वताएकि छन् । उनलाई ५ महिना देखी टिभिको औषधि सञ्चालन गरेको छ, तर उनको खकारमा टिभिको जिवाणु नभेटिएको छातिमा दाख भएकाले टिभिको औषधि खाइरहेको लक्ष्मिले वताईन् ।
क्रान्तिका बुवाको २०६३ सालमा उनि क्रान्ति आमाको गर्भमै हुदा मृत्यु भएको थियो । उनका बुवा बिशे रोकाया पनि उपचार अभाबमा अकालमै मृत्यु भएको थियो । क्रान्ति अहिले आमा केसु रोकाया सँग जिवनमरणको दोसाधमा रहेकि छन् । छोरीलाइ बचाउनका लागि हरप्रयास गरिरहेकी छु, अछामको बयलपाटा अस्पताल सम्म लिए अन्यत्र लिने पैसा छैन्, उपचार नपाएर छोरी मर्ने भइ रुदै केसुले वताईन् ।
क्रान्तिको ज्वरो खोकि सँगै शरिरमा रगतको मात्र कम रहेको छ भने हातखुट्टा पनि सुनिएका अनमि लक्ष्मि बोहाराले वताईन् । उनको तौल पनि २६ केजी मात्र रहेको छ । टिभिको औषधि ५ महिना देखी खाइरहेकि छन्, पोषिलो खानेकुरा खाननपाएर उनि कुपोषण चपेटमा समेत परेकि छन् । रगतमा सेतो रक्तकोस मात्र पनि कम रहेको छ ।
जिल्ला अस्पताल बाजुरामा उनलाई रगत दिएर उपचार गरेको थियो । सञ्चो नभएपछि अछामको बयलपाटा अस्पताल रिफर गरेको थियो । त्यहाँ पनि उपचार गर्दा सञ्चो नभएको केसु रोकायाले वताएकि छन् । बयलपाटा अस्पतालले २ महिना यतै राख्न भनेको भएपनि पैसा नभएपछि घर ल्याएको उनले वताईन् । छोरीको उपचारका लागि उनले सबैलाई हारगुहार गरेकी छन् । पैसा नभएर नै छोरी मर्ने भइ, सहयोग गर्न सबैलाई अपिल गरेकी छन् ।
क्रान्ति स्थानिय बिद्यालयमा कक्षा ७ मा पढने गरेकि थिईन् । उनको सानो छाप्रो बाहेक कुनै घर छैन् । औषधि सँगै पोषिलो खानेकुरा खानलाइ पैसा समेत नभएर उनको ज्यान जोखिममा रहेको स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार