शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बस दुर्घटना, ६ चिनियाँ नागरिकसमेत १० को मृत्यु

बस दुर्घटना, ६ चिनियाँ नागरिकसमेत १० को मृत्यु

  • बुधबार, असार ३०, २०७८
बस दुर्घटना, ६ चिनियाँ नागरिकसमेत १० को मृत्यु

पाकिस्तानको डासू क्षेत्रमा एक बस दुर्घटनामा ६ चिनियाँ नागरिकसमेत कम्तीमा १० जनाको मृत्यु भएको छ । खैबर पख्तूनख्वाह प्रान्तका अधिकारीले यसबारे जानकारी दिएका हुन् ।

कोहिस्तानका डेप्युटी कमिश्नर आरिफ खान यूसुफजईले बीबीसीसँगको कुराकानीमा सुरुवाती जानकारीमा यो कुनै बिस्फोट वा चरमपन्थी गतिविधिको नभई एक दुर्घटना भएको बताए ।

उनले दुर्घटनास्थल एक खतरनाक बाटो भएको बताउँदै यसमा यसअघि पनि दुर्घटना भइरहने बताए ।

यद्यपि, समाचार एजेन्सी रोयटर्सले एक वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ इन्जिनियरलाई लैजाँदै गरेको बसमा एउटा ठूलो बिस्फोट भएको बताएको छ ।

एक वरिष्ठ सरकारी अधिकारीले नाम नबताउने शर्तमा एजेन्सीलाई भने, ‘बिस्फोटपछि बस एउटा गहिरो खाल्डोमा खसेको जसका कारण बस पूर्ण रुपमा ध्वस्त भयो । यो घटनामा एक चिनियाँ इन्जिनियर र एक सैनिक हराइरहेका छन् । उद्धारकार्य जारी छ र स्थानीय प्रशासनले घाइतेलाई चाँडोभन्दा चाँडो चिकित्सकीय सुविधा मिलोस् भनेर कोसिस गरिरहेका छन् । ’

अधिकारीका अनुसार बिस्फोट सडक किनारमा राखिएको कुनै उपकरणका कारण भएको हो वा बसभित्र नै बिस्फोट भएको भन्नेबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।

हजारा क्षेत्रको एक अन्य अधिकारीले यो बस ३० चिनियाँ इन्जिनियरलाई डासू ड्याम (डासू बाँध) सम्म लैजाने क्रममा दुर्घटना भएको थियो ।

यो बाँध (हाइड्रो–इलेक्ट्रिक) परियोजना चीन–पाकिस्तान इकोनोमिक करिडोर (सीपीइसी) को हिस्सा हो ।

यो बाँध परियोजनामा पाकिस्तान र चीनका मानिसहरु मिलेर काम गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार