शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • मुगुको छायानाथ र सोरुका ६० परिवारलाई राहत साम्रगी बितरण

मुगुको छायानाथ र सोरुका ६० परिवारलाई राहत साम्रगी बितरण

  • मङ्लबार, असार २९, २०७८
मुगुको छायानाथ र सोरुका ६० परिवारलाई राहत साम्रगी बितरण

बाजुरा — मुगु जिल्लाको छायानाथ गाउँपालिका र सोरु गाउँपालिकाका कोभिड १९ प्रभाबित अति बिपन्न गरिव अनाथ एकल महिला र फरक क्षेमता भएका ६० परिवारलाई खाद्यान्न सहयोग बितरण गरीएको छ । मुगु नेपाल हेल्पीङ फोर्स र स्कुल अफ डेमोकेसीकोे समन्वय तथाMugu Nepal CNCA NHCF C-19 RAT र Sen Nepal काे सहयोगमा ६० परिवालाई राहत साम्रगी बितरण गरेको मुगु नेपाल हेल्पीङ फोर्सका अध्यक्ष अर्जुन मल्लले बताएका छन ।
छायानाथ गाउँपालिका र सोरु गाउँपालिकाका कोभीट १९ प्राभाबित  अति बिपन्न गरिव अनाथ एकल महिला र फरक क्षेमता भएका परिवारहरुलाई चामल दाल, तेल, अण्डा, साबुन र मास्क बितरण गरेको मल्लले बताएका छन । मुगु नेपाल हेल्पीङ फोर्स र स्कुल अफ डेमोक्रेसीकाे समन्वयमा यस अघि पनि २ सय ५० परिवारलाई राहत साम्रगी बितरण गरिएको मुगु नेपाल हेल्पीङ फोर्स र स्कुल अफ डेमोकेसीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार