बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बझाङमा अज्ञात रोगले मकैबारी उजाड

बझाङमा अज्ञात रोगले मकैबारी उजाड

  • मङ्लबार, असार २९, २०७८
बझाङमा अज्ञात रोगले मकैबारी उजाड

शिवजी मण्डेल / बझाङ —मकै बारीमा अज्ञात रोग लागेपछि थलारा गाउँपालिकाका किसान निरास भएका छन् । लहलहाउँदो मकैको बोट अज्ञात हरियो किराले नष्ट गर्ने थालेपछि किसानहरू निरास भएका हुन् । हरियो किराले हलक्क बढेको मकैको बोटको गुबो र पात खाई वारि नै उजाड बनाएको थलारा गाउँपालिका वडा नं -५ का चन्द्रदेव जोशीले बताउनुभयो । त्यस्तै समस्या थलारा गाउँपालिका वडा नं ६ पिखेतमा पनि रहेको स्थानीय लक्ष्मी रोकायाले बताइन् । यसबारे थलारा गाउँपालिका कृषि शाखा सँग सल्लाह लिन खोज्दा कार्यालयमा कर्मचारी कोही नभेटिएको थलारा गाउँपालिका वडा नम्बर – ५ का चन्द्रदेव जोशीको गुनासो रहेको थियोे । उनका अनुसार अज्ञात रोगले थलारा गाउँपालिका वडा नं -५ को खारखोलाको करिब ५ हेक्टर जमिनमा लगाइएको मकै खेती नष्ट हुने अवस्थामा पुगेको छ । तत्काल कृषि शाखाको ध्यान जानुपर्ने उनको माग रहेको छ । अज्ञात हरियो किराले थलारा गाउँपालिका वडा नम्बर – ५, ६ मात्र नभई वडा नम्बर – ८ लगायतका अन्य वडामा पनि समस्या परेको कृषिको गुनासो रहेको छ ।
महामारी कोरोना भाइरस फैलिएपछि विदेशीएकाहरू पनि गाउँघरमा आएर खेतीपातीमा लागेका थिए , तर यसरी अज्ञात रोगले बारीमा लगाएको अन्न बाली नष्ट गर्न थालेपछि भोकमरीको अवस्था निम्तिन सक्ने किसानको दुखेसो छ ।

चर्चामा

सम्बन्धित समाचार