शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • बझाङ्गमा ६१ बर्षिया बृद्धले गरे ५ बर्षिया बालिकालाई जबरजस्तीकरणी

बझाङ्गमा ६१ बर्षिया बृद्धले गरे ५ बर्षिया बालिकालाई जबरजस्तीकरणी

  • मङ्लबार, असार २९, २०७८
बझाङ्गमा ६१ बर्षिया बृद्धले गरे ५ बर्षिया बालिकालाई जबरजस्तीकरणी

अर्थ जङ्ग शाही/बझाङ्ग — बझाङमा एक नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । असार १८ गते गाँउकै एक ५ वर्षिया नावालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा जयपृथ्वी नगरपालिका वडा नं. ७ का ६१ वर्षिया जगदिश जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

जोशीले गत असार १८ गते वालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा जोशीलाई आइतबार घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

नावालिकालाई जवजस्तीकरणी गरेको भन्दै नावालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा जवजस्तीकरणीको मुद्धा दर्ता गराएका छन् । घटनाको बारेमा विस्तृत अनुसन्धन भइ रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार