शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा युवतीको मृत्यु

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा युवतीको मृत्यु

  • सोमवार, असार २८, २०७८
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा युवतीको मृत्यु

महोत्तरीमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका–५ कठुधारमा ज ११ प ५००३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार युवतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा औरही नगरपालिका–४ कविलासाकी २३ वर्षीया निशा साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकललाई नियन्त्रणमा लिइएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार