शुक्रबार, अशोज १, २०७८
  • होमपेज
  • समाचार
  • मौसम विभागले भन्यो : चार वटा प्रदेशमा ‘भारी वर्षा’को सम्भावना छ, सचेत रहनू

मौसम विभागले भन्यो : चार वटा प्रदेशमा ‘भारी वर्षा’को सम्भावना छ, सचेत रहनू

  • सोमवार, असार २८, २०७८
मौसम विभागले भन्यो : चार वटा प्रदेशमा ‘भारी वर्षा’को सम्भावना छ, सचेत रहनू

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहको जनाएको छ ।

महाशाखाले मौसम बुलेटिन जारी गर्दै आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ।

यसैगरी आज राति पनि प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १,वाग्मती प्रदेशका र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ घर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

प्रदेश १,वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी भारी वर्षाको सम्भावना रहेको हुँदा सो क्षेत्रका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार