शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • युवा संघ बाजुराद्वारा सरकारको समर्थनमा मार्तडीमा प्रदर्शन

युवा संघ बाजुराद्वारा सरकारको समर्थनमा मार्तडीमा प्रदर्शन

  • आइतवार, असार २७, २०७८
युवा संघ बाजुराद्वारा सरकारको समर्थनमा मार्तडीमा प्रदर्शन

बाजुरा — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारकाे समर्थनमा राष्ट्रिय युवा संघ बाजुराले आइतबार सडक प्रदर्शन गरेको छ । युवा संघमा आबद्ध नेता, कार्यकर्ताले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै  मार्तडीमा प्रदर्शन गरेको छ।

नारा जुलुस सहीतको मोटरसाइकल र्याली समेत प्रर्दशन गरेको विद्यार्थी नेता तथा खेलकुद माहास‌‌‌‌‌‌‌‌‌‌घ लक्षण रोकायाले बताए। विपक्षी गठबन्धनको असंवैधानिक एकताको विरोध गर्दै मार्तडी खुला मञ्चबाट सुरु भएको ¥याली बजार परिक्रमा पछि लोकतान्त्रीक चोकमा काेण सभामा गरेका थिए ।

 आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’, ’कानुनी शासन कायम गरौं’, ’बौद्धिक अराजकताको अन्त्य गरौं’, संसद विघटन संवैधानिक अधिकार जस्ता नारा जुलुस प्रर्दशन गरेका थिए ।

लोकतान्त्रिक चोकमा आयोजित कोण सभामा अनेरास्ववियुका केन्द्रीय सदस्य राजेशपायल विकले ओली र नेकपा एमालेका लागि जस्तो सुकै बलिदानी र कदम उठाउन अनेरास्ववियु  तयार हुने बताए ।

अनेरास्ववियुका नेता प्रेम नेपालीले सञ्चालन गरेकाे कोण सभामा युवा नेताहरुले बाजुरा एमाले र ओलीको किल्ला भएकोले धेरै धम्की सहेर  बस्न नसक्ने चेतावनी समेत दिएका छन् । युवा संघका केन्द्रीय सचिवालय सदस्य डेनिश शाही, युवा समितिका संयोजक कृष्ण थापा, अनेरास्ववियुका केन्द्रीय सदस्य गोपाल खड्का, अनेरास्ववियुका नेता दिलबहादुर थापाभोटे, खेलकुद महासंघका केन्द्रीय सदस्य करन भण्डारी, युवा स‌घका नेताहरु श‌कर चदारा, ज्ञानबहादुर थापा, आरसी रोकाया, नरेश बडूवाल, अमृत जोशी लगाएत युवासघ‌का बिद्यार्थी नेताहरु उपस्थित थिए ।

चर्चामा

सम्बन्धित समाचार