शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

  • आइतवार, असार २७, २०७८
नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

काठमाडौँ — भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले वडा अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ। भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जना पक्राउ परेका हुन्।

उनीहरुलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन्। पक्राउ पर्नेहरुमा अध्यक्ष सापकोटासहित ३३ वर्षीय भारतीय नागरिक जमिर देवन, नक्कली बावु बनेका ५२ वर्षीय सफि अल्ला मिया, वडा सदस्य पवित्रा सापकोटा र चारजना साक्षीहरू रहेको प्रहरी निरीक्षक खनालले बताइन्।

गैँडाकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले २०७७ चैत १ गते पहिचान बिनै वंशजका आधारमा नागरिकता बनाउन झुठो विवरण पेश गरी नक्कली सिफारिस बनाइदिएका थिए। नागरिकता बनाइदिन नक्कली बाबु बनेका ५२ वर्षीय सफि अल्ला मियाको भने अर्घाखाँचीबाट नागरिकता बनेको देखिन्छ खनालले भनिन्, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान गरिरहेका छौं।’ पक्राउ परेका आरोपीहरुलाई नागरिकतासम्बन्धी कसुरमा म्याद थप गरि अनुसन्धान थालिएको प्रहरी निरीक्षक खनालले बताइन्।

चर्चामा

सम्बन्धित समाचार