शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कुपोषण बाट जोगाउन उपप्रमुख बिष्ट पोषिलो खाना बोकेर घरघरमा

कुपोषण बाट जोगाउन उपप्रमुख बिष्ट पोषिलो खाना बोकेर घरघरमा

  • आइतवार, असार २७, २०७८
कुपोषण बाट जोगाउन उपप्रमुख बिष्ट पोषिलो खाना बोकेर घरघरमा

बाजुरा–सुनौला हजार दिनका आमा र बच्चालाई कुपोषण बाट जोगाउन बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट पोषिलो खाना घर घरमा पुुगेर दिने गरेकि छन् । गभर्वती भएदेखी २ बर्ष सम्म आमा र बच्चालाई कुपोषणको कहर बाट बचाउनका लागि नगरपालिकाले पोषणयुक्त अण्डा, लिटो लगायत पोषिलो खाना घरमै पुुयाउने गरेको छ ।
नगरपालिका १५ सय सुनौला हजार दिनका आमाहरु रहेका छन् । त्यसैमा पनि जोखिममा रहेका सुनौला हजार दिनका आमाहरुलाई उपप्रमुख कबिता बिष्टको टिम घरमै पुुगेर अण्डा लगायत पोषिलो खानेकुरा दिने गरेका छन् । नगरपालिकामा सुनौला हजार दिनका आमा र बच्चा कुपोषणको चपेटमा पर्ने भएकाले नगरपालिकाले घरमै पुुगेर बितरण गर्ने गरेको पशु सेवा शाखाका प्राविधिक पदम खड्काले बताए ।
सुनौला हजार दिनका आमालाई पोषिलो खाना मात्र नभई उनिहरुलाई पोषण र सरसफाईका बारेमा जानकारी समेत दिने गरेको नगरउपप्रमुख कबिता बिष्टले वताएकि छन् । सुनौला हजार दिनका आमालाई पोषिलो खाना दिनुका साथ साथै महिला हिशां, सामाजिक रुढिवादीका बारेमा जनचेतना दिने गरेको बिष्टले वताएकि छन् । गर्भवती महिलालाई नियमित गर्भजाँचका बारेमा जानकारी दिने गरकेही छन् ।
सुनौला हजार दिनकी आमालाई नगरपालिका उप प्रमुख कबिता बिष्ट द्वारा पोषीलो खाना वितरण गर्न गरेका छन् । नगरपालिकाको पशु सेवा शाखाद्धारा संचालित बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत नगरभित्रका हजार दिनका आमा र बच्चालाई पोषणयुक्त बनाउने उद्देश्यका साथ बडिमालिका नगरपालिकाले नगरभित्रका हजार दिनका आमाहरुलाई अण्डा वितरण गरेको उपप्रमुख कविता विष्टले बताइन् ।
उपप्रमुख बिष्टले वडान नम्बर ४ का सुनौला हजार दिनका आमालाई रिला गाउँमै गएर प्रति आमा तथा बच्चा बराबर १ क्यारेटका दरले अण्डा वितरण गरेको छ । त्यसैगरीे १, २, ७, ८ र ९ का हजार दिनका आमालाई पोषिलो खाना वितरण गरेकि छन् । नगरपालिका भित्रका आमा तथा बच्चालाई पोषययुक्त बनाउने उद्देश्यका साथ पौष्टिक खाना खुवाउन नगरपालिकाले सुरुवात गर्दै सबैलाई पोषणयुक्त खाना खान उत्प्ररित गर्नका लागि पनि यो अभियान गरेको स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताएका छन ।
नगरपालिकाले पोषणयुक्त खानामा आमत्मनिर्भर बन्नका लागि सुनौला हजार दिनका आमालाई करेसाबारी, कुखुरा समेत सहयोग गर्दै आएको छ । पहिला उनिहरुलाई बानि परोस भनेर बितरण गरेका छौ, बिस्तारै आत्मानिर्भर गर्ने तिर प्रेरित गर्ने उपप्रमुख कविता विष्टले बताइन् । बडिमालिका नगरपालिका पछाडि परेका बर्गमा सुनौला हजार दिनका आमा र बच्चा कुपोषणको चपेटामा पर्दै आएका छन् । पोषिलो खाने कुरा नपाउने, अर्को बच्चा धेरै जन्माउने लगायतका कारणले कुपोषणको चपेटमा पर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार