बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिक्षा
  • बालविकास माद्यायमिक विद्यालय गौमुल थ्रि स्टार नमुना विद्यालय घोषणा

बालविकास माद्यायमिक विद्यालय गौमुल थ्रि स्टार नमुना विद्यालय घोषणा

  • शनिबार, असार २६, २०७८
बालविकास माद्यायमिक विद्यालय गौमुल थ्रि स्टार नमुना विद्यालय घोषणा

बाजुरा — गौमुल गाउपालिका वडा नम्वर ३ मा रहेको बालविकास माध्यामिक विद्यालयलाई थ्रि स्टार नमुना विद्यालय घोषणा गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच विद्यालयलाई थ्रि स्टार नमुना माध्यायमिक विद्यालय घोषणा गरिएको विद्यालयले बताएको छ ।
सो विद्यालयले विभिन्न किसिमका सुचक पार गरिएका कारण विद्यालयलाई नमुना घोषण गरिएको बालविकास माद्यायमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव रोकायाले बताउनु भयो । अध्यक्ष रोकायाका अनुसार विद्यालयले विभन्न किसिमका दश ओट सुचक पार गरेका कारण विद्यालयलाई थ्रि स्टार नमुना घोषण गरिएको हो ।
जस्तै विद्यालयमा खानेपानी पुर्ण रुपमा प्रयाप्तता , सरसफाई , चर्पि , धारा , बातावरणीय सरसफाई लगाएतका दश ओटा सुचक पुरा गरेका कारण नमुना विद्यालय घोषण गरिएको हो । कार्यक्रम विद्यालय सरसफाई स्वस्च्छता समन्वय समितिका अध्यक्ष रण बहादुर विकको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मान बहादुर बोहोरा रहनु भएको थियो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पुर्व दहकोट गाविसका अध्यक्ष अर्जुन रोकाया , सोहि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव रोकाया र जल स्रोत अधिकृत रण बहादुर विक रहनु भएकोे थियो । कार्यक्रममा करिव १५० जनाको सहभागिता रहेको जल स्रोत अधिकृत रण बहादुर विकले जानकारि दिए ।

चर्चामा

सम्बन्धित समाचार