शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • दार्चुलामा पहिरोले च्यापेर २ जनाको मृत्यु

दार्चुलामा पहिरोले च्यापेर २ जनाको मृत्यु

  • बिहिबार, असार २४, २०७८
दार्चुलामा पहिरोले च्यापेर २ जनाको मृत्यु

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। नौगाडको वडा नम्बर ३ जामिरमा बुधबार रातीको बर्षाका कारण आएको पहिरोले च्यापिएर दुई जनाको ज्यान गएको दार्चुला प्रहरीले जनाएको छ।
जामिरका स्थानीय नन्दु ठगुन्नाकी ७२ वर्षीर्या आमा गेउडी ठगुन्ना, र उनकी नातिनी ३ महिनाकी मन्जरी ठगुन्नाको पहिरोमा च्यापिएर मृत्यु भएको दार्चुला प्रहरीका डिएसपी मनोहर भट्टले जानकारी दिए।
उनका अनुसार नन्दु ठगुन्नाको २ तला भएको चार कोठे दुई वटा घरमध्ये १ वटा घर पुर्ण रुपमा क्षतिग्रस्त भएको छ। यस्तै पहिरोले च्यापेर गाईवस्तु बेपत्ता भएका छन्। बर्षाका कारण लघु जलविद्युतमासमेत क्षती पुगेको थियो।

चर्चामा

सम्बन्धित समाचार