शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • डोगडीका चक्र रावतद्धारा १० सैयाको अस्पताल बनाउन निशुल्क जग्गा दान

डोगडीका चक्र रावतद्धारा १० सैयाको अस्पताल बनाउन निशुल्क जग्गा दान

  • आइतवार, असार २०, २०७८
डोगडीका चक्र रावतद्धारा १० सैयाको अस्पताल बनाउन निशुल्क जग्गा दान

बाजुरा — जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ६ का चक्र बहादुर रावतले डोगडी स्वास्थ्य चौकीलाई १० शैयाको अस्पताल बनाउन निशुल्क जग्गा उपलब्ध गराएका छन ।

सरकारले बिभिन्न स्थानीय तहमा अस्पताल बनाउन गरिएसंगै डोगडी स्वास्थ्य चौकीको हालका ठाउँमा जमिन नपुगेका कारण उनले निशुल्क जग्गा उपलब्ध गराएका हुन खप्तड छेडेदह गाउँपालिकामा पनि १० सैयाको अस्पताल बनाउन गरिएको सघिंय सरकारको निणर्य भएको र अस्पतालको लागि जमिन निशुल्क उपलब्ध गराएको जग्गा धनि चक्र बहादुर रावतले बताए ।

उनले खप्तड छेडेदह गाउँपालिका वडा न ६ डोगडीमा रहेको ३ हजार ४ सय ४३ बर्गमिटर मध्य ५ सय १८ बर्गमिटर जग्गा डोगडी स्वास्थ्य चौकीको नाममा आइतबार मालपोत कार्यालयबाट नामासारी गरिदिएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले जानकारी दिएका छन ।

उनले कित्ता नम्मर १ हजार ८ सय ८० डोगडी स्वास्थ्य चौकीको नाममा नामसारी गरी राजिनामा समेत दिईसकेको गाउँपालिका अध्यक्ष रावतले बताएका छन ।  समाजसेवी चक्र रावतले २ लाख ७२ हजार २ सय मुल्य बराबरको ५ सय १८ वर्गमिटर जग्गा निशुल्क उपलब्ध गराएको गाउंपालिका अध्यक्ष नर रावतले  बताएका छन्।

 

चर्चामा

सम्बन्धित समाचार