बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • सडक निर्माणमा जथाभाबी डोजरको प्रयोगले बस्ति बाढीपहिरोको उच्च जोखिममा

सडक निर्माणमा जथाभाबी डोजरको प्रयोगले बस्ति बाढीपहिरोको उच्च जोखिममा

  • शनिबार, असार १९, २०७८
सडक निर्माणमा जथाभाबी डोजरको प्रयोगले बस्ति बाढीपहिरोको उच्च जोखिममा

बाजुरा  — बडिमालिका नगरपालिका ९ को अनाई र झराउले गाउँ बाढीपहिरोको बस्ती नै उच्च जोखिममा भएको छ । निरन्तर वर्षा र डोजरले जथाभाबी सडक खने पछि कमजोर भएको जमिन भाँसिदा बस्ती नै जोखिममा परेको छ ।
गाउँमाथिबाट पहिरो आउने खतरा बढेपछि अनाईका १२ झराउलेका ८ गरी २० घरपरिवार अहिले पानी आएको दिनमा रातभर जागाराम बस्नु परेको अनाईका स्थानिय जया चदाराले बताए ।
मार्तडी कोल्टि सडक निर्माण गर्दा डोजर प्रयोग भएको र निरन्तर वर्षाका कारण कमजोर जमिन भासिएर सडकबाट खनेको बाटो ढुंगा गाँउमा पसेपछि अनाई र झराउले बस्ती जोखिममा स्थानिय शिक्षक गोरख बिकले बताए । रोपेको धानवालीमा बाढि पसेर बगरमा परिणत गरेको छ । बिकले भने गाउँमाथिबाट मार्तडी कोल्टि सडक निर्माण कम्पनीले जथाभाबि माटो ढुंगा बस्तिलाई नै जोखिम हुने गरेर फालेको वताए । स्थानियले लगाएको धानको बेर्ना, रोपेको धान, मकै बाली पुरीनुका साथै गाउनै जोखिममा बनेको हो ।
सडक निर्माण कम्पनीलाई सडक खनेको माटोलाई बस्तिलाई जोखिम हुने गरि नफाल्न अनुरोध गर्दा निर्माण कम्पनीले बेवास्था गरेको उल्टै स्थानियलाई धमक्याउने गरेको अनाईकी स्थानिय मन्धरी सुनारले बताएईन । ढुुंगा माटोलाई बस्ति भन्दा दायाँबाया कुनै ठाउ बेबस्था गर्न डोजर चालकलाई र सडक निर्माण कम्पनीलाई आग्रह गर्दा नमानेर बस्ति नै जोखिम बनाएको सुनारले बताईन ।
बस्तिको मुनीतिर अनाई खोलाले कटान गरेको र माथि मार्तडी कोल्टि सडक जथाभाबी खन्दा घरपरिवार बचाउनै मुस्किल भएको स्थानियले वताएका छन् । बाबु बाजे देखी आफ्ना दिन यहि काट्यौ अब बस्तिनै नरहेपछि बालबच्चा का लिएर पाल्ने हो । नेपाल सरकारले बस्तिनै सुरक्षित ठाउमा सारि दिन पहल गरिदिनस्थानिय धौली चदाराले बताईन् ।
जथाभाबि सडक निर्माण कम्पनीले सडक खन्दा बस्तिनै जोखिम भएकोले जोखिम बस्ति जोगाउन जिल्ला प्रशासन कार्यलय बाजुरालाई स्थानियले आग्रह गरेका छन् । जथाभाबी सडक निर्माणका कारण बस्ति जोखिम र सम्पतीको क्षतिको बारेमा प्रहरी, जनप्रतिनिधि स्थानियका रोहोबरमा मुचुल्का सहित प्रशासनलाई आग्रह गरेको बडिमालिका नगरपालिका ९ का कार्यबहाक अध्यक्ष लालचन्द्र नेपालीले बताए ।
जिल्ला प्रशासन कार्यालय बाजुराले स्थानियको निबेदन पछि पूर्वाधार बिकास कार्यालयलाई सडक निर्माणका कारण बस्ति जोखिम र सम्पतीको क्षति भएको भए आबश्यक क्षतिपुर्तिको ब्यबस्था मिलाउन पत्राचार गरेको साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताए । जथाभाबी सडक निर्माणले जिल्लाका दर्जनौ बस्ति पहिरोको उच्च जोखिममा बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार