मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कानको समस्याले निम्त्याउँछ मानसिक रोग

कानको समस्याले निम्त्याउँछ मानसिक रोग

  • शनिबार, असार १९, २०७८
कानको समस्याले निम्त्याउँछ मानसिक रोग

कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ ।

निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् ।

उनले भनिन्, “धेरै बिरामीले कान नसुनेकै कारण एन्टी डिप्रेसनको औषधि खानुपरेको छ ।” यस्तो समस्या ४० वर्ष उमेर नाघेपछि हुने बताउँदै उनले यस्तो समस्याका कारण बिरामी विभिन्न रोगको सिकार बन्नुपरेको बताइन् ।

‘हियरिङ लस’ भएपछि अरूका कुरा सुन्न र उत्तर दिन सकिँदैन, त्यसैले उनीहरू समाजसँग अलग बस्न रुचाउने हुन्छ । बिरामीमा हिनताबोध र एकल महसुस हुन्छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार