बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • भीम रावलको गाउँ जाने सडक कालोपत्रे गर्न सुदूरपश्चिम सरकारले छुट्यायो ६ करोड

भीम रावलको गाउँ जाने सडक कालोपत्रे गर्न सुदूरपश्चिम सरकारले छुट्यायो ६ करोड

  • शुक्रबार, असार १८, २०७८
भीम रावलको गाउँ जाने सडक कालोपत्रे गर्न सुदूरपश्चिम सरकारले छुट्यायो ६ करोड

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार पहुँचको भरमा आर्थिक वर्ष ०७८/७९ को लागि ल्याएको देखिएको छ। प्रदेश सरकारका मन्त्री र राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेता एमाले र माओवादी केन्द्रका नेताहरुको क्षेत्रमा दर्जनौ योजनाका लागि बजेट विनियोजन गरिएको हो।

सुदूरपश्चिम सरकारमा प्रभाव राख्दै आएका एमाले नेता भीम रावलको क्षेत्रमा पनि प्रदेश सरकारले करोडौँका योजना ल्याएको छ। प्रदेश गौरवका योजनाहरूमा एक करोड विनियोजन गरेको प्रदेश सरकारले रावलको गाउँ जाने सडक कालोपत्रेका लागि ६ करोड बजेट राखेएको छ।

अछामको साँफेबगर नगरपालिकाको बयलपाटा माझका पीपलदेखि नदुकाना–कालाआम–डोटै–ल्याङमाता सडक कालोपत्रेका लागि ६ करोड छुट्याइएको हो। रावलको घर कालाआममा छ। ओली पक्षका प्रदेश सभा सदस्य पठान सिंह बोहराले नेता रावलको घरलाई मात्र ध्यानमा राख्दै बजेट दिइनु गलत भएको बताएका छन्।

कुनै नेता तथा नेता निकटका कार्यकर्तालाई पोस्ने बजेट स्विकार्य नहुने उनको तर्क छ। आर्थिक मामिला तथा योजनामन्त्री शाह भीम रावल निकट हुन्। मन्त्री शाहले आफ्नो कुलदेउताको मन्दिर निर्माणका लागि एक करोड बजेट विनियोजन गरेका छन्।

सरकारले प्रदेशका गौरवका योजनामा भने बजेट घटाएको छ। गतवर्ष कैलाली बाहेक ८ जिल्लामा ती सडक निर्माण र कालोपत्रेका लागि १०र१० करोड रकम विनियोजन गरिएको थियो। यसपालि आर्थिक मामिला तथा योजना मन्त्री शाहको जिल्ला बाहेका सबै सडकमा बजेट घटाइएको छ।

कैलालीमा एक करोड, कञ्चनपुरमा तीन करोड १० लाख, बैतडीमा साढे तीन करोड, दार्चुलामा साढे तीन करोड, अछाममा २ करोड, बझाङमा एक करोड ७५ लाख छुट्याइएको छ। जब कि आर्थिक मामिला तथा योजनामन्त्री शाहको जिल्ला बाजुरामा भने २६ करोड ९४ लाख विनियोजन गरिएको छ। #दिनेश खबर बाट साभार

चर्चामा

सम्बन्धित समाचार