शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • खैरो हिरोइनसहित एक जना पक्राउ

खैरो हिरोइनसहित एक जना पक्राउ

  • बिहिबार, असार १७, २०७८
खैरो हिरोइनसहित एक जना पक्राउ

 लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पर्साको बीरगञ्जबाट एक जनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिर मोतिहारीका ३५ वर्षीय मन्टु पण्डित कम्हाल छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार मन्टुलाई बीरगञ्ज महानगरपालिका–१७ बाट हिडिरहेको अवस्थामा ५ ग्राम १८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो ।

उनलाई लागुऔषध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार