शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • रौतहटमा विपक्षी गठबन्धनका विद्यार्थी संगठनले गरे प्रधानमन्त्रीको विरुद्धमा मोटरसाइकल प्रदर्शन ।

रौतहटमा विपक्षी गठबन्धनका विद्यार्थी संगठनले गरे प्रधानमन्त्रीको विरुद्धमा मोटरसाइकल प्रदर्शन ।

  • बुधबार, असार १६, २०७८
रौतहटमा विपक्षी गठबन्धनका विद्यार्थी संगठनले गरे प्रधानमन्त्रीको विरुद्धमा मोटरसाइकल प्रदर्शन ।

१६ असार, रौतहट , मेवालाल यादव — विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा गरे आज मोटरसाइकल प्रदर्शन गरेका छन् ।

बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले गौरमा नारा सहित मोटरसाइकल प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनलाई तीव्रता दिएका छन् ।सो कार्यक्रममा जनता समाजवादी पार्टीका विधार्धी संगठनको केन्द्रिय सदस्य ललन यादव, युवा नेता मो.सकिल अकतर लगायत विभिन्न राजनीति दलका कार्यकार्ता उपस्थित रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार