शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • खाद्य अधिकारका सवाल र ऐनका बारेमा पत्रकारसंग अन्तक्रिया गरियो

खाद्य अधिकारका सवाल र ऐनका बारेमा पत्रकारसंग अन्तक्रिया गरियो

  • मङ्लबार, असार १५, २०७८
खाद्य अधिकारका सवाल र ऐनका बारेमा पत्रकारसंग अन्तक्रिया गरियो

बाजुरा —  जिल्लला सदरमुकाम मार्तडीमा बाजुरा जिल्लामा खाद्य अधिकार सबलिकरण र त्यको ऐनका बारेमा अन्तक्रिया कार्यक्रम गरिएको छ । बाँच्न पाउने अधिकारको आधार खाद्य अधिकार भन्ने मुल नाराका साथ खाद्य अधिकार बाजुराले पत्रकार तथा खाद्य सञ्जालकासंग खाद्य अधिकारका मुद्धा दस्तावेजीकरण र ऐन सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको जिल्ला खाद्यअधिकार संजाल बाजुरा अध्यक्ष मदराज जैशीले जानकारी दिएका छन् । बाजुरामा भएको खाद्य संकटलाइ न्युनिकरण गर्न नागरिकले पोषिलो खाना पेटभरी खान पाउने अधिकारको सुनिश्चितताको लागि पत्रकारहरुको महत्वपूणर् भूमीका हुने गरेको छलफलमा सहभागीहरुले बताएका छन् ।
नागरिकले पोषिलो खाने कुरा पेटभरि कान पाउनु पर्छ त्यो राज्यको दाष्त्विमा पर्छ र त्यो सम्बन्धि ऐनका बारेमा जिल्ला खाद्य अधिकारी संजालका बाजुरा जिल्ला अध्यक्ष तथा फियान नेपालका बोर्ड सदस्य पदनराज जैशीले जानकारी दिएका थिए । त्यसै गरी खाद्य अधिकारका मुद्धाहरु पत्रकारले कसरी उठान गर्नु पर्छ खाद्य अधिकारका सवालहरुका बारेमा रेडियो पौरखीका स्टेसन मेनेजर बसन्त बिकले जानकारी गराएका थिए । थप सवालहरुमा फियान नेपालका बाजुरा जिल्ला संयोजक तथा पत्रकार प्रकाश सिंहले सहजी करण गरेका थिए ।
पत्रका महासघ बाजुराका सस्थापक अध्यक्ष दयाराम पण्डितले बाजुराको पत्रकारीताको बिकाससंगै अब पत्रकारले उठाउनु पर्ने सवालका बिषयमा सहजिकरण गरेका थिए । दुर्घटना भयो भन्नुभन्दा पनि किन कसरी दुुर्घछना भयो पत्रकारले अब त्यो बिषयको समाचारमा बढी ध्यान दिनु पर्ने बताए । खाद्य अधिकारको सवालको बिषयमा खान पाएन भन्नुभन्दा पनि जिम्मेबावरी निकाएलाई र नागरिकलाई उत्पादन मूखी बनाउन पत्रकारको ठुलो भूमीका हुने गरेक पण्डितले बताए ।
कार्यक्रमको अध्यक्षता जिल्ला खाद्य अधिकार सञ्जान बाजुराका अध्यक्ष मदनराज जैशीले गरेका थिए भने कार्यक्रको बारेमा फियान नेपाल बाजुराका जिल्ला संयोजक प्रकाश सिंहले गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महांघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डित, नेपाल पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाधक्ष्य पदम सिंह लगाएत जिल्ला स्थित पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला खाद्य अधिकार सञ्जाल बाजुराका सचिव लक्ष्मीराज पाध्यायले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार