बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • एटिएम तोडफोड गरेको आरोपमा मोरङमा एकजना पक्राउ

एटिएम तोडफोड गरेको आरोपमा मोरङमा एकजना पक्राउ

  • सोमवार, असार १४, २०७८
एटिएम तोडफोड गरेको आरोपमा मोरङमा एकजना पक्राउ

मोरङ बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो. ईम्तियाज रहेका छन् ।

उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरीले १ थान ताला फोड्न प्रयोग भएको हथौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।

साथै उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार