शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • ठेकेदारले चामल ढुवानी नगर्दा कवाडी अस्थाई डिपोमा महिना दिन देखी चामल अभाब

ठेकेदारले चामल ढुवानी नगर्दा कवाडी अस्थाई डिपोमा महिना दिन देखी चामल अभाब

  • आइतवार, असार १३, २०७८
ठेकेदारले चामल ढुवानी नगर्दा कवाडी अस्थाई डिपोमा महिना दिन देखी चामल अभाब
हिमाली गाँउपालिका बिच्छँया बाट चामल लिन कवाडी आएका स्थानिय, चामल नपाएपछि रित्तो हात फर्केका छन् 

पदमबहादुर सिंह — बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यन्न संकट भएको छ । समयमै ठेकेदारले चामल ढुवानी नगर्दा हिमाली गाँउपालिकामा खाद्य सकंट भएको छ । हिमाली गाँउपालिकाको कवाडी अस्थाई डिपोमा ठेकेदारले समझौता भएको बर्ष दिनसम्म पनि चामल ढुवानीको नगर्दा महिना दिन देखी चरम खाद्य संकट भएको हिमाली गाँउपालिका ३ का वडा अध्यक्ष धनलाल रोकायाले बताएका छन् ।
अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाँउपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको वडा अध्यक्ष रोकायाले वताए । हिमाली गाँउपालिका १ बिच्छँयाका धर्मलाल रोकाया तीन लगाएर कवाडी अस्थाई डिपोमा चामल किन्न पुुगे, तर डिपोमा एक दाना पनि चामल नपाएपछि रितो हात फर्केका छन् । चामल नपाए पछि सिस्नो कन्दमूल गीठा भ्याकुरले छाक टार्ने रोकायाले बताए ।
हिमाली गाउपालिका १ बिच्छँयाबाट चामल किन्न भरेर २५ जना आएको तर चामल नपाएपछि रित्तो हात घर फर्कीन लागेको उनले वताए । हामी चामल पाइन्छ भनेर आएको हौ, तर नपाए पछि घर जानु परेको उनले वताए ।
तीन दिन लगाएर कवाडी पोग्यो चामल पाएनौ अबको बिकल्प कोल्टि खाद्यमा हो कोल्टि पुुग्न फेरि एक दिनको पैदल हिड्नु पर्ने हुन्छ । घरबाट साहुुसंग चार हजार सापटी रिण निकाले चामल किन्न आएको चन्द्रबहादुर बुढथापाले बताए । कोल्टि पुुगौ भने रिण निकालेर ल्याएका पैशा सबै बाटोमा खान मात्र भएपछि चाम किन्नै नपुुग्ने भएपछि घर फर्कनु परेको बुढ्थापाले बताए । साबिकको बिच्छँया गाबिसमा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।
कवाडी अस्थाई डिपोका लागि खाद्य संस्थान बाजुराले यो बर्ष मात्र ३ हजार कुन्टल चामलको कोटा स्वीकृत भएर ठेक्का भएको थियो । सोही अनुसार ३ जना ठेकेदार को सम्झौता गरेको हो, मार्तडीबाट एल बि कन्टन्सन, कोल्टिबाट ओम शिव कन्टक्सन र धनगढीबाट बडिमालिका कन्टक्सन एण्ड अडर सप्लायर्सले जिम्मा लिएको छ । तर अहिले सम्म १५ सय कुन्टल मात्र पुगेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
मार्तडीबाट र कोल्टिबाट जिम्मा लिएका एल बि कन्टक्सन र ओम शिब कन्टक्सनले आफ्नो कोटाका चामल ढुवानी गरेर बिक्रि गरेर रकम भुक्तानी भईसको र धनगढीबाट ढुवानी जिम्मा लिएको बडिमालिका कन्टक्सन एण्ड अडर सप्लायर्सले २ सय १० कुन्टर चामल ढुवानी नगरेको मार्तडी खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए ।
मार्तडी शाखा प्रमुख मेखराज ओझाले भने चामल ढुवानी नभएको ठेकेदारलाई ताकेता गरीरहेको वताए । खाद्य ब्यबस्था तथा ब्यपार कम्पनी सुदुरपश्चिम प्रदेशलाई चामल ढुवानीबारे सोध्दा ढुवानी जिम्मा पाएको ठेकेदारले रकम जम्मा नगर्ने भएकोले चामल ढुवानी हुन नसको प्रमुख ओझाले बताए । प्रमुख जिल्ला अधिकार गोपाल कुमार अधिकारीले कवाडीमा चामल सकिएको जानकारी आएको बताएका छन् । जानकारी पछि प्रदेशलाई चामल ढुवानीको लागि ताकेता गरेको बताए ।
कवाडीमा चामल ढुवानी पाएको ठेकेदार बडिमालिका कन्टक्सन एण्ड अडर सप्लार्यक संचालक लोकेन्द्र रावलका अनुसार पहिला चाम बिक्रि नभएर ढुवानी कमै गरीयो अहिले बाटो बन्द भयो चामल सकिएको बताएका छन् । हिदमा कवाडीसम्मै गाडी पुुग्ने भएकोले खाद्यको भन्दा ८ रुपैया सस्तोमा बजारमा पाईने भएकोले खाद्यको चामल बिक्रि भएन बर्षातले बाटो बन्द भएपछि बजारमा समेत चामल अभाब भएपछि सबै ठाउ चाम अभाब भएको रावले बताए । बर्षातले बाटो पूरै बिग्रेकोले तत्काल चामल ढुवानी गर्न नसकीने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार