बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा ब्राउन सुगरसहित युवक पक्राउ

कञ्चनपुरमा ब्राउन सुगरसहित युवक पक्राउ

  • आइतवार, असार १३, २०७८
कञ्चनपुरमा ब्राउन सुगरसहित युवक पक्राउ

कञ्चनपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ९ लालपुरका २२ वर्षिय नरेन्द्र मडैलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ कालोपुल सीमा क्षेत्रबाट उनलाई ६ दशमलव ९० ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रकाउ गरिएको सशस्त्र प्रहरीले बताएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरी मातहतको बोडैर आउट पोष्ट पचुईबाट सशस्त्र प्रहरी नायव निरिक्षक केशवबहादुर चन्दको कमाण्डमा गएको समूहले उनलाई पक्रा गरेको हो। कानूनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बेलौरीमा बुझाएको सशस्त्र प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार