आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • योजना सम्झौता नगरी रकम फ्रीज गर्न खोजको भन्दै स्थानियद्धारा सडक अबरोध

योजना सम्झौता नगरी रकम फ्रीज गर्न खोजको भन्दै स्थानियद्धारा सडक अबरोध

  • शुक्रबार, असार ११, २०७८
योजना सम्झौता नगरी रकम फ्रीज गर्न खोजको भन्दै स्थानियद्धारा सडक अबरोध

पदमबहादुर सिंह/ बाजुरा– बुढीगंगा नगरपालिका १ र २ को ताँप्रीसेरामा स्थानियले सडक अबरोध गरेका छन् । प्रदेश सरकाले असार अन्तिम साता मात्र ताँप्रीसेरा घट्टेखोलामा तट्बन्धन निर्माणको लागि ५० लाख रकम पठाएको थियो । उक्त योजनाको नगरपालिकाले समझौता नगरी दिएको रकम फ्रीज हाल्ने खोजेको भन्दै सडक बन्द गर्दै बिरोध गरेको तट्बन्धन समितिका उपभोक्त समितिका अध्यक्ष सर्कल थापाले बताएका छन् ।
योजना सम्झौताको लागि धेरै दिन नगरपालिका धाउदा पनि प्राबिधिकले स्टमेट नबनाई दिने र मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत्तले सम्झौता गर्न आनाकानी गरी रहेको अध्यक्ष थापाले बताए ।
सुक्रबार र शनीबार साफँे मार्तडी सडक बन्द गर्ने र कुुनै सुनुवाई नभएर त्यो भन्दा कडा आन्दोलन गर्ने नगरपालिकामा ताला लगाउने र आईतबार देखी नगरपालिकाका सबै काम रोक्ने बुढीगंगा नगरपालिका ताप्राका यूवा सरेश थापाले बताए ।
आर्थिक मामिला तथा योजना मन्त्र प्रकाशबहादुर शाहको गृहनगरपालिका रहेको बुढीगंगा नगरपालिकामा ५० लाखको योजना हालेको खरब गरे । खबर पछि केही गाउका अगुवाले वडा कार्यालयलाई र उपभोक्तलाई खबर नगरी गुपचुपमा समिति गठन गरे समिति गठन गरेको स्थानियले थाहा पाए पछि किन गुपचुपमा समिति गठन गरेको भन्दै झगडा भयो र पछि स्थानियले वडा अध्यक्षको रोहोबरमा समिति गठन गरिएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।
समिति बनाएर नगरपालिकामा सम्झौताको लागि सिफारिस दिएको तर नगरपालिकाले समझौता गर्न र प्राबिधिकले स्टमेट समेत बनाउन आनाकारी गरिरहेका बुुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष थापाले बताए । तीन चार दिन भयो लगातार नगरपालिका धाएको कहिले केही बाहाना कहिले केही बाहाना बनाएर प्राबिधिकले काममा अटेरी गरिरहेको थापाले बताए ।
काम नगरी आफ्ना पाटीका कार्यकर्तालाई अप्रत्यक्षरुपमा बाड्ेको रकममा पछि गाउका सबैले बिकासका लागि आएको बजेट बिकास गर्नु पर्छ भनि काम गर्न खोज्दा काममा बाधा गर्न खोजी रकम फ्रिज गर्न खोजेको स्थानियको आरोप छ ।
त्यसै गरी बुढीगंगा नगरापलिका २ मा बन्ने गरी केन्द्रबाट आएको फोन पार्कको टेन्डरै ननिकालेर नगरपालिकाले रकम फ्रिज गर्न खोजेको पनि स्थानियले आरोप लगाएका छन् । यो आर्थिक बर्ष भित्र टेन्डर निकालेर काम गरिसक्नु पर्ने भएपनि टेन्डर नै ननिकालेर रकम फ्रीज गर्न खोजेको स्थानियले बताएका छन् ।
यता बुढीगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहले प्राबिधिकले बनाएको स्टमेट नमानेर आफू अनुकुल स्टमेट नबनाई दिएकोले निहँु मात्र खोजेको बताएका छन् । वडा अध्यक्षले प्राबिधिकलाई सिकाउने वडा अध्यक्षलाई प्राबिधिक कुरा थाहा नै हुदैन । पैशा बचाउने निहुमा वडा अध्यक्ष देखी तट्बन्धन निर्माण समितिले निहँु मात्र खोजेको मेयर शाहले बताए ।
नगरपालिकाको बिबादको बिषयमा पूरै जिल्लाका नागरिकलाई दुख दिने काम राम्रो भएन । नगरपालिका प्रति असन्तुुष्टि भएपछि नगरपालिका आएर छलफलको माध्यामबाट समाधान गर्न सकीने शाहले बताए ।
फोनपार्क निर्माणको लागि डिपीआर नै भएको छैन वडाले फोनपार्क निर्माणको लागि जग्गा ब्यबस्थापन नै गरेको छैन । वडाले फोन पार्क निर्माणको लागि कहिले जग्गा उपलब्ध भएको सिफारीस ल्याएर नगरपालिकालाई जानकारी गरायो । आफू केही काम नगर्ने बिरोधका नाममा बिरोध मात्र गरेको मेयर शाहले बाताए ।
बुढीगंगा नगरपालिकाका मेयर दिपकबिक्रम शाह नेपाली काँग्रेशका जिल्ला सचिब हुन भने फोन पार्क निर्माणको लागि केन्द्रबाट बजेटको ब्यबस्था गरेर पठाउने प्रतिनिधि सभा निर्बतमान सांसद लालबाहादुर थापा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चिार्ज हुन । त्यसै गरी घट्टे खोला तट्बन्धनको रकम नेकपा एमालेका केन्द्रिय सदस्य प्रदेश सांसद प्रकाश बहादुर शाहले ब्यबस्थापन गरि पठाएका हुन् ।
प्रतिनिधि सभा निर्बतमान सांसद लालबहादुर थापा नेकपा एमाले केपी पक्ष हुन भने नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह माधब पक्षका हुन ।

चर्चामा

सम्बन्धित समाचार