आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा नगरपालिकाका बाढिपिडीत ४० परिवारलाई खाद्यन्न सहयोग

बुढिगंगा नगरपालिकाका बाढिपिडीत ४० परिवारलाई खाद्यन्न सहयोग

  • बिहिबार, असार १०, २०७८
बुढिगंगा नगरपालिकाका बाढिपिडीत ४० परिवारलाई खाद्यन्न सहयोग

बाजुरा — बुढिगंगा नगरपालिका वडा न १ र २ का बाढिपिडीत ४० परिवारलाई हेम थापा फाउण्डेशन लगायतका सहयोगीहरुको सहयोगमा राहत बितरण गरिएको छ । बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहको प्रमुख आथित्यमा सो राहत साम्रगी बितरण गरिएको हो ।
बाढी र पहिरोले प्रभावित बुढीगंगा नगरपालिका बडा नं १ र २ का ४० घरपरिवारलाई बुधबार स्थानीय जनप्रतिनिधि, प्रहरी, पत्रकार तथा राहत सहयोग अभियान्ताहरुको उपस्थितिमा बितरण गरिएको नगर प्रमुख दिपक बिक्रम शाहले बताएका छन । अमेरिकाबाट हेम माया फाउन्डेसनका अध्यक्ष हेम थापा तथा माया थापाको विशेष आर्थिक सहयोग र सबी थापा, शंकर बिकको समेत आर्थिक सहयोगमा उक्त सहयोग उपलब्ध गराइएको सामाजिक अभियान्ता चादनी ऐरले बताएकी छन । राहतका निम्ति पहल गर्ने सामाजिक अभियन्ता यशोदा भट्ट, चाँदनी ऐर र सहजकर्ता अस्मी भट्टले प्रतिकुल मौसमका बाबजुद उक्त राहत नगरपालिकाको बल्देमा पुगाएर बितरण गरी सहयोग गरेकोमा सहयोगी सबैलाई नगर प्रमुख शाहले धन्यबाद समते दिएका छन ।

नगर प्रमुख शाहले राहतका निम्ति पहल गर्ने सामाजिक अभियन्ता र सहयोगी मन सबैमा नगरपालिकाको तर्फबाट धन्यबाद ज्ञापन गरेका छन । आर्थिक अबस्था कमजोर भएका एकल महिला, बिपन्न ब्यक्तिलाई वडाको सिफारिसमा छनौट गरी बितरण भएको नगर प्रमुख शाहले जानकारी दिएका छन । बाढी र पहिरो प्रभावितको संख्या धेरै भएकाले सबैलाई राहत बितरण गर्न नसकिए पनि, राहत बितरण निरन्तर रहने र पिडितलाई सहयोग गर्नेमा नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख शाहले बताए । राहतलाई बाजुरा बितरणका लागि पहल गर्ने सामाजिक अभियन्ता यशोदा भट्ट र चाँदनी ऐर सहजीकरण गर्ने अस्मी भट्ट लगायतका अभियान्ता रहेको नगर प्रमुख शाहले बताएका छन
अमेरिकामा बस्ने हेम माया फाउन्डेसन बाट ५० हजार सहयोग त्यसै गरि सबि थापा इन्द्र थापा बाट १५ हजार कतारमा बस्ने शन्कर बिक बाट ४ हजार ९ सय १५ रुपैया सहयोग भएको र बाजुरा बुढिगंगाका बाढिपिडीतहरुलाई थोरै भए पनी सहयोग गरिएको सामाजीक अभियान्ता चाँदनी ऐरले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार