शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा करेन्ट लागेर दुई खच्चडको मृत्यु

बाजुरामा करेन्ट लागेर दुई खच्चडको मृत्यु

  • बुधबार, असार ९, २०७८
बाजुरामा करेन्ट लागेर दुई खच्चडको मृत्यु

बाजुरा —  जिल्लाको सदरमुकाम मार्तडी नजिकै  बडिमालिका ७ खडुकामा करेन्ट लागेर दुई खच्चर मरेका छन । बडिमालिका नगरपालिका वडा न ७ खडुकामा पहिरोले पोलहरु ढालेको अबस्थामा कोल्टी जादै गरेका दुई खच्चर मरेका हुन । सदरमुकाम मार्तडी बाट कोल्टी सामान ढुवानी गरी जाने क्रममा बडिमालिका नगरपालिका वडा न २ का मिन बहादुर चन्दका २ खच्चर करेन्ट लागेर मरेको मिन बहादुर चन्दले बताएका छन ।

त्रिबेणी सहकारी संस्था लिमिटेड द्धारा संचालित बाजुरा साना जलविद्युत केन्द्रको बडिमालिका ७ मा बिस्तार गरिएको लाइनमा बुधबार रातीको अबिरल बर्षासंगै आएको पहिरोले ५ ओटा पोलहरु ढालेको र सोही ठाउँमा पहिरो गएको खवर प्राधिकरणलाई थाहा नभएका कारण खच्चर मरेको जनाएको छ । पहिरोका कारण पोल ढलेको र बिधुत प्राधिकरणलाई थाहा नभएको अबस्थामा करेन्ट लागेको प्राधिकरणले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार