मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रदेश आर्थिक मामिला मन्त्रीलाई रजाली बासीको पत्र

प्रदेश आर्थिक मामिला मन्त्रीलाई रजाली बासीको पत्र

  • मङ्लबार, असार ८, २०७८
प्रदेश आर्थिक मामिला मन्त्रीलाई रजाली बासीको पत्र

बाजुरा — बडिमालिका नगरपालिका ३ रजाली बासीले सुदुरपश्चिम प्रदेश आर्थिक मामिला तथा कानून मन्त्रीलाई पत्र लेखेका छन् । सामाजिक संजाल फेसबुुक मार्फत सामाजिक संजालमा रजालीबासीको नाम लेखिएको पत्रको बिषय रकम फिर्ता गरिएको बारे रहेको छ ।
पत्रमा लेखिएको छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीलाई तरकारी आपूर्ती गर्दै आएको बडिमालिका नगरपालिका ३ रजालीलाई सडक संजालमा जोड्ने उद्देश्यले तत्कालिन जिल्ला बिकास समितिबाट बजेट बिनियोजीत भई बडिमालिका नगरपालिका ९ मेलकाँध रजाली अम्लिस सडक सुरु भएको लेखीएको छ ।
उक्त सडकलाई निरन्तरता दिदै पूूर्ब उद्योग मन्त्री कणर्बहादुर थापाले उद्योग मन्त्री हुँदा रजाली अम्लिस जडिबुटी पहुँच मार्गमा रकम बिनियोजित भएर सडकको काम सुरु भएको थियो । सो सडक पछि प्रदेश मातहत प्रदेश भौतिक मन्त्रालय अन्तरगत पूर्वाधार बिकास कार्यालय अछाम अन्र्तगत कार्यन्वयन भईरहेको छ । सो सडक हाल क्रमागत सडक अन्र्तगत रहेको छ । अघिल्लो बर्षमा १० लाख रकम बिनियोजन थियो भने यो बर्ष ५ लाख मात्र बिनियोजन भएपछि रजालली बासीले सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाहलाई बिरोध जनाउदै पत्र लेखेका रजालीका स्थानिय कृष्ण खड्काले बताएका छन् ।
क्रमागत योजना कति बर्षमा सम्पन्न गर्ने भन्दा पनि सधैका क्रमागत योजनाको रुपमा रही रहने भए । यो गतिले पुराना योजना समस्यामा पर्ने देखिएको छ । मेलकाँदबाट रजालीको खातिभिटासम्म जम्मा ७ किलोमिटर र अम्लिससम्म २७ किलो मिटर रहेको सडक ५ किलो मिटरसम्म कच्ची काटिएको छ । सो सडकमा खनेको जोखिमले बस्तीलाई नै जोखिम बनाएको छ । त्यसैले थोरै पैसा हालेर योजनाको बदनाम गरी बस्ती जोखिम बनाउनु भन्दा सो योजना हटाई दिन हुन आम रजालीबासी जनता माननीय आर्थिक मामिला मन्त्रीलाई हार्दिक अनुरोध गर्दछौ पत्रमा लेखिएको छ ।
रजाली बासीले सामाजीक संजाल फेसबुकमा लेखिएको पत्र तल बढ्नुहोस् ।
मिति : २०७८।०३।०८
माननीय आर्थिक मामिला मन्त्री ज्यू,
आर्थिक मामिला मन्त्रालय
धनगढी, कैलाली
विषय ः रकम फिर्ता गरिएको बारे ।
बाजुरा जिल्लाको सदरमुकामलाई तरकारी आपूर्ति गर्दै आएको बडिमालिका नगरपालिका वडा नं, ३ रजालीलाई सडक संजालमा जोड्ने उद्देश्यले तत्कालिन जिल्ला विकास समितिबाट विनियोजित भई बडिमालिका नगरपािलका ९ मेलकाँद, रजाली अम्लिस सडक सुरु भएको थियो । त्यसलाई निरन्तरता दिन माननीय पूर्व उद्योग मन्त्री कणर् बहादुर थापा उद्योग मन्त्री हँुदा रजाली अम्लिस जडिबुटी पहूँच मार्गमा एक करोड विनियोजित भएको थियो । सो सडक पछि प्रदेश मातहत प्रदेश भौतिक मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय अछामबाट कार्यान्यन भईरहेको छ । सो सडक हाल क्रमागत सडक अन्तरगत रहेको छ । अघिल्लो आ.व मा १० लाख विनियोजित गरिएको थियो । यो आर्थिक बर्ष प्रदेश भौतिक विकास मन्त्रालयबाट जम्मा ५ लाख विनियोजित गरिएको छ । यदि यो योजना हटाउन मिल्ले भए । कहिल्यै डिलिट भैहाल्थ्यो । तर प्रक्रियामा अगाडि बढेको योजना भएकोले नहटाईएको जस्तो लाग्छ । यस्ता क्रमागत योजना सुदूरपीश्चम प्रदेशका सबै जिल्लामा रहेका छन । जो योजना छ काम छैन । सम्वन्धित कार्यालयलाई यी योजनाहरु बोझको रुपमा लिइएका योजना छन् । राजनीतिलाई प्रचारमूखी, जनताको जीवनस्तर उठाउने खालका योजना भन्दा पनि आफू जस लिने हिसावले योजना विनियोजित भएका हुन्छन । क्रमागत योजना कति बर्षमा सम्पन्न गर्ने भन्दा पनि सधैका क्रमागत योजनाको रुपमा रही रहेने भए । यो गतिले पुराना योजना समस्यामा पर्ने देखिएको छ । मेलकाँदबाट रजालीको खातिभिटासम्म जम्मा ७ किलोमिटर र अम्लिससम्म २७ किलो मिटर रहेको सडक ५ किलो मिटरसम्म कच्ची काटिएको छ । सो सडकले खनेको जोखिमले बस्तीलाई नै जोखिम बनाएको छ । त्यसैले थोरै पैसा हालेर योजनाको बदनाम गरी बस्ती जोखिम बनाउनु भन्दा सो योजना हटाई दिन हुन आम रजालीबासी जनता माननीय आर्थिक मामिला मन्त्रीलाई हार्दिक अनुरोध गर्दछौ
निवेदक
रजालीबासी जनता
बडिमालिका ३ रजाली

चर्चामा

सम्बन्धित समाचार