शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाले २७ करोड ७४ लाख २० हजार बजेट विनियोजन गर्याे

बडिमालिका नगरपालिकाले २७ करोड ७४ लाख २० हजार बजेट विनियोजन गर्याे

  • सोमवार, असार ७, २०७८
बडिमालिका नगरपालिकाले २७ करोड ७४ लाख २० हजार बजेट विनियोजन गर्याे

बाजुरा —  बडिमालिका नगरपालिकाको नवाैँ नगरसभाले २७ करोड ७४ लाख २० हजार बजेट विनियोजन गरेकाे छ । नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को बजेट विनियोजन गर्दै सोमबार नवाैँ नगरसभा सम्पन्न गर्दै बजेट समेत ल्याएकाे हाे । नगरपालिकाका उपप्रमुख कविता विष्टले आर्थिक वर्ष ०७८/०७९ को बजेट प्रस्तुत गर्दै लागि २७ करोड ७४ लाख २० हजार बजेट विनियोजन गरिएकाे नगरपालिलकाले जनाएकाे छ ।

नगरपालिकाले आर्थिक विकास तर्फ १ करोड ५८ लाख,सामाजिक विकास तर्फ २५ करोड ३ लाख,पुर्वाधार विकास १ करोड ८६ लाख,वातावरण तथा विपद व्यवस्थापन तर्फ ३ लाख ४७ हजार,सुशासन तथा संस्थागत विकास तर्फ ९ करोड ५६ लाख रकम वितरण गरेको छ ।

नगरपालिकाले   सशर्त अनुदान तर्फ १८ करोड ३४ लाख, समपुरक अनुदान संघ अन्तरगत २२ लाख, बिशेष अनुदान संघ अन्तरगत १ करोड १२ लाख,सह लगानी मार्तडी त्रिवेणी सडक निर्माणका लागि १ करोड, समपुरक प्रदेश अन्तरगतको ८२ लाख १४ हजार बिशेष अनुदान प्रदेश अन्तरगतको ७० लाख गरी जम्मा २७ करोड ७४ लाख २० हजार बजेट विनियोजन गरिएको नगरपालिकाको नवौँ नगरसभामा सार्वजनिक गरिएको  नगरपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार