बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • रेडियो अपि कोल्टी बाजुराको भवनको शिलान्यास

रेडियो अपि कोल्टी बाजुराको भवनको शिलान्यास

  • सोमवार, असार ७, २०७८
रेडियो अपि कोल्टी बाजुराको भवनको शिलान्यास

बाजुरा —  जिल्लाको कोल्टीमा रेडियो अपिको भवनको शिलान्यास गरिएको छ । सोमबार बिहान नेपाली काग्रेसका नेता तथा पुर्ब भुमिसुधार सहायक मन्त्री जनकराज गिरीले एक कार्यक्रमका बिच सो भवनको शिलान्यास गरेका हुन ।
जिल्लाको पुर्बिउत्तर क्षेत्रमा संचारको पहुचँ पुर्याउने उदेस्यका साथ रेडियो अपि संचालनमा ल्याने तयारी भईरहेको आयोजकले बताएका छन । यस अघि कोल्टी क्षेत्रमा रेडियो बुढिनन्दा र केही महिना अगाडी रेडियो शिम्भुनाथ संचालन रहेका छन । रेडियो अपि संचालनपछि कोल्टी क्षेत्रमा ३ ओटा रेडियो हुनेछन ।
जिल्लाको सो क्षेत्रमा बाजुराका एक नगरपालिका र तिन गाउँपालिका रहेका छन भने कणर्ाली प्रदेशका हुम्ला मुगु र कालिककोटका केही स्थानीयतहरु संचारको पहुच पुर्याउन सकिने रेडियो अपि संचालकहरुले बताएका छन ।
जिल्ला पुर्बिउत्तर क्षेत्र केही समय अगिसम्म संचार क्षेत्रबाट समेत पिछडीएको क्षेत्रको रुपमा रहेको र पछिल्लो समय संचारमाध्यामहरु थप हुदै जानु सुखद रहेको नेपाल पत्रकार महासघं बाजुराका बरिष्ठ उपाअध्यक्ष पदम बहादुर सिहंंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार