शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • काेल्टि बाट घाइते किशोरीलाइ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेलिकप्टर बाट उद्धार गरयो

काेल्टि बाट घाइते किशोरीलाइ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेलिकप्टर बाट उद्धार गरयो

  • आइतवार, असार ६, २०७८
काेल्टि बाट घाइते किशोरीलाइ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेलिकप्टर बाट उद्धार गरयो

बाजुरा--भिर बाट लडेर घाइते भएकि बुढिनन्दा नगरपालिका १ बस्ने १६ बर्षिय ललिता गिरीलाई पाच दिन पछि हेलिकप्टर मार्फत उद्धार गरेर काठमाडौ लगिएको छ । प्रतिकुल मौसमका कारणले पाच दिन पछि मात्र किशोरीको थप उपचारका लागि काठमाडौ उद्धार भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय शुदुरपश्चिम प्रदेशले उक्त किशोरीलाई उद्धार गरेको मन्त्रि पुर्णा जोशीले वताएकि छन् । निरन्तर लागिरहेका थियौ, हेलिकप्टर नपाएकोले ढिला भएको थियो । शनिवार दिउँसो कोल्टिमा हेलिकप्टर पुुगेपनि मौसम खराबिले उडन सकेको थिएन् । आईतबार बिहान मात्र मौसमा केही सुधार भएपछि उद्धार भएको र उक्क्त सबै रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तिर्ने जोशीले वताएकि छन् । गृह मन्त्रालयले सेनालाई भनेको रहेछ, उहाँहरुले कुनै चासो नदिएपछि आफुहरुले उद्धार गरेको वताईन् ।
गाउँ नजिकै रहेको रुपासैनी भिरमा घास काटिरहेको बेला बुधवार साँझ भिर बाट लडेर ललिता गम्भिर घाइते भएकि हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पुुयाएका थिए । उनको चार दिन सम्म कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको थियो । त्यहाँ सम्भाबना नभएको भन्दै ललितालाई थप उपचारका लागि काठमाडौ लग्न प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको थियो । ललितालाई कोल्टिमा अक्सिजनको सयतामा उपचार भइरहेको थियो । बुधवार अपरान्न भिरबाट लडेर ललिता घाइते भएकि हुन् । उनी अहिले पनि अर्ध अचेत अवस्थामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिले वताएको छ ।
बिहिवार देखी हवाइ उद्धारका लागि पहल भएको भएपनि प्रतिकुल मौसममा कारण हेलिकप्टर उड्न नसकेको आफन्त ढकराज गिरीले बताएका छन् । शुक्रवार नेपाली सेनाको हेलिकप्टर सरमुकाम मार्तडीमा उद्धारका लागि पुुगेको भएपनि कोल्टि भने जान सकेको थिएन् । मार्तडी बाट उडेर पनि पोरखे लेखमा कुहिरोका कारणले कोल्टि जान नसकेर फिर्ता भएको हो । आइतवार भने मनाङ्ग ऐरको हेलिकप्टर मार्फत किशोरीलाई काठमाडौ लगिएको हो ।
पाँचदिन सम्म अचेत अवस्थामा रहेकी गिरीको उद्धारका लागि जिल्ला प्रशासन कार्यलय बाजुरा, स्थानिय सरकारले पहल गरेको बुढिनन्दा नगरपालिका नगरप्रमुख पमद कुमार गिरीले वताएका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा डिकेन्द्र सञ्ज्यालले भने उनलाई अहिले दुखाईको महशुस भए पनि अरु कुनै कुराको महशुस नभएको बताए । अक्सीजन लेभब निकै घटेको छ, अवस्था निकै जटिल रहेको डा सञ्ज्यालले बताए । घाइते ललिता हाल चन्दनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी छन । टाउको, घाटी र ढाडमा गम्भिर चोट लागेको स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार