शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकामा रंगमल बिकले पाए कार्यकारीकाे जिम्मेवारी, नगरप्रमुख भन्छन बिकलाइ काम गर्न दिइदैन

बडिमालिकामा रंगमल बिकले पाए कार्यकारीकाे जिम्मेवारी, नगरप्रमुख भन्छन बिकलाइ काम गर्न दिइदैन

  • शुक्रबार, असार ४, २०७८
बडिमालिकामा रंगमल बिकले पाए कार्यकारीकाे जिम्मेवारी, नगरप्रमुख भन्छन बिकलाइ काम गर्न दिइदैन

बाजुरा — सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बडिमालिका नगरपालिका शाखा अधिकृत रंगमल बिकलाई आर्थिक तथा प्रशासनिक कार्य जिम्मेवारी दिएको छ । बडिमालिका मन्त्रालयले नगरपालिमा कार्यरत शाखा अधिकृत रंगमल बि.क लाई आर्थिक तथा प्रशासनीक जिम्मेवार दिएको भए पनि काम गर्न पाएका छैनन ।
बडिमालिका नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत धुर्ब प्रसाद कोईरालाको सरुवा भएकोले बिकलाई अर्को ब्यबस्था नभए सम्मका लागि कार्यालय संचालनको जिम्मेवारी दिएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ । तय यता नगरपालिकाले भने बिकलाई जिम्मेवारी नदिने जनाएको छ ।

नगरपालिकाका नगर प्रमुख पदम बडुवालका अनुसार उनलाई दिएको जिम्मेवारी नमान्ने बताएका छन । असार २ गते देखी कार्यालय संचालन गर्न भनि मन्त्रालयले पत्र पठाएको भए पनि बिकले आर्थिक तथा प्रशासनिक कार्य गर्न नपाएको श्रोतले जनाएको छ । कार्यालयका अधिकृत समय बमोजिम अनुपस्थित भएकोले सोही कार्यलयका शाखा अधिकृत श्री रंगमल बि.क लाई आर्थिक तथा प्रशासनीक जिम्मेवार दिएको संघिय मामिला तथा प्रशासन मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।
प्रशासन समुह ,अधिकृत सातौ तहका श्री रंगमल बि.क लाई स्थानिय सरकार संचालन ऐन ,२०७४ दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मको लागि बडिमालिका नगरपालिका ,नगर कार्यपालिकाको कार्यलय ,बाजुराका आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरि मिति २०७८/ ०३/०१ को निणर्य अनुसार जिम्मेवारी दिईएको छ ।

मन्त्रालयले पठाएको पत्रलाई मान्ने नहुने र कार्यपालिकाको निणर्य नभएर कार्य संचालन गर्न नदिने नगरप्रमुख बडुवालले बताएका छन । यस अघि प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेका धुर्बप्रशाद कोईरालाको बाजुराकै त्रिबेणी नगरपालिकामा सरुवा भएकोले बिकको नाममा कार्य गर्न भनि पत्र आएको थियो । नगरपालिकाको आन्तरिक बिबादका कारण रंगमलल बिकलाई कार्य गर्न नदिएको जनाएको छ । नगरपालिकाले नगर कार्यपालिकाबाट अर्काे ब्यक्तीलाइ प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी दिने निर्णय गर्ने जनाएकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार