शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • अस्पताल बाजुरा अक्सिजन पलान्ट स्थापना प्रकरण : दार्चुला र बाजुरा बिचमा यो छ फरक

अस्पताल बाजुरा अक्सिजन पलान्ट स्थापना प्रकरण : दार्चुला र बाजुरा बिचमा यो छ फरक

  • शुक्रबार, असार ४, २०७८
अस्पताल बाजुरा अक्सिजन पलान्ट स्थापना प्रकरण : दार्चुला र बाजुरा बिचमा यो छ फरक
फाइल तस्बिर

बाजुरा — जिल्ला अस्पताल बाजुराका अक्सिजन पलान्ट स्थापना प्रकरण सामाजिक सञ्जाल र केही मिडियामा समचार आएपछि बडिमालिका खबर यसको खोज शुरु गरेको छ । सामाजिक सञ्जालमा दार्चुला र बाजुराकामा स्थापना हुन लागेको अक्सिजन पलान्ट एउटै तर बजेट फरक रहेको भन्दै चर्को आलोचना आएको छ ।
हामीले यससलाइ केलाएर रिपोटिङ्ग गर्दा दार्चुला र बाजुराका अक्सिजन पल्लान्ट स्थापना नै फरक रहेको छ । हामीले यो बिषयमा दार्चुल्ला अस्पताल प्रमुख डा. आर्दश लिम्बु, अस्पताल बाजुरा प्रमुख डा. प्रकाश राज जैशी, हेल्थ केयर सप्लायर्स काठमाडौं कम्पनीका प्रोपराइटर बिमलेश मिश्र सँग कुराकानी गरेका छौ । त्यो सँगै बडिमालिका खबरले काठमाडौमा रहेका दुुईजना मेडिकल ईन्जिनियर सँग पनि कुराकानी गरेर अस्पताल बाजुरामा अक्सिजन पलान्ट प्रकरणको बारेमा केही कुरा बाहिर ल्याएका छौ ।
एउटा अनलाईनमा आएको समचार अनुसार बाजुरा अस्पतालले अक्जिसन प्लान्ट खरिदको बोलपत्र स्वीकृत गर्दा ३७ लाख रुपैयाँ भन्दा बढी चलखेल भएको जनाएको छ । समचारमा दार्चुला अस्पतालले नै सोही क्षमताको र उस्तै अक्सिजन प्लान्ट ६९ लाख ८४ हजार रुपैयाँ (भ्याटबाहेक) मा खरिद गर्दैछ । जबकी बाजुरा अस्पतालले उस्तै अक्सिजन भ्याट बाहेक १ करोड ७ लाख रुपैयाँमा ठेक्का पाएको समचारले लेखेको छ । तर उक्त समचारमा अक्सिजन पलान्ट बाजुरा र दार्चुलामा स्थापना हुन लागेको कस्तो हो भन्ने लेखेको छैन् ।
तर समचारमा आएको भन्दा अक्सिजन पलान्ट स्थापनानै बाजुरा र दार्चुला बिच फरक रहेको छ । अस्पताल बाजुरामा २० बेडमा अक्सिजन पाइप लाईन सहितको हो भने दार्चुल्लामा भने अक्सिजन पलान्ट मात्र स्थापना मात्र रहेको छ । बाजुरा अस्पताल प्रमुख डा. प्रकाश राज जैशीका अनुसार बाजुरा अस्पतालमा २० वटा बेडमा पाइपलाइन सहितको अक्सिजन पलान्ट स्थापना रहेको वताए । पाइपलाइनमा तामाको तार रहेकोले उक्क्त तार निकै महँगो हुने गरेको छ ।
जैशीले भने समचारमा आउदा आफुहरुलाई कसैले नसोधेर कुरा नबुुझेर समचार आएको वताए । दार्चुल्ला अस्पताल प्रमुख डा. आर्दश लिम्बुले भने आफुहरुको अक्सिजन पलान्ट मात्र स्थापना रहेको पाइपलायन जोड्ने भए भने महँगो हुने गरेको वताए । बडिमालिका खबरले पाइपलाइन सहित भए के फरक र कति महँगो हुन्छ भने मेडिकल ईन्जिनियर सँग कुरा गर्दा अक्सिजन पलान्ट स्थापना देखी दुरीले पनि रकम निर्धारण गर्ने वताए । तामाको तार हुन्छ महँगो हुने गरेको छ, अझ २० बेड एउटै ठाँउमा भए त अलि कम लाग्छ, तर फरक फरक ठाँउमा भए भने धेरै खर्चिलो हुने वताए । त्यसैले पनि अहिले दार्चुला र बाजुरा बिच रकम फरक भएको हो उनले वताए । त्यसैमा पनि तामाको तार कुन कम्पनिको हो, भन्नेमा भर पर्छ नाम नखुलाउने सर्तमा ति इन्जिनियरले वताए । यदि गलत गरेको भए कम्पिन हो फस्ने उनले वताए । यसमा बाजुरा र दार्चुलामा अक्सिजन पलान्टन स्थापना गर्ने कम्पिन भन्दा पनि सामान एउटै कम्पनिको भएपनि तर बाजुरा पाइपलाइन सहितको भएकाले बजेटमा धेरै फरक हुने वताए ।
अस्पताल बाजुरामा २० वटा बेड एउटै ठाँउमा नरहेको अस्पताल बाजुराले जनाएको छ । पाईप लायन जोडिने २० बेड आइसियु, इर्मेजेन्सि र आकस्मिक प्रसुति सेवामा रहेको वताए । यि बिचको दुरी पनि फरक रहेकाले पाइप लायन जोड्ने बजेट फरक नै पर्ने देखिएको छ । पाइपलाइ सबै बेडमा जोडदा बठि खर्च लाग्ने गरेको एक मेडिकल ईन्जिनियरले बडिमालिका खबर सँग बताएका छन् ।
बाजुरा अस्पतालका टेन्डर हालेको स्नेहा सोप एण्ड केमिकल इन्डस्ट्रिज प्रा.ली.को मेरो अठासी लाखमा हालेको ठेक्का किन भएन भन्दै बिभिन्न मिडिया र सामाजिक सञ्जाल प्रयोग गरिरहेको पाईएको बुझिएको छ । समचार आइसकेपछि अस्पताल बाजुराले समचार सामाजिक सञ्जाल र मिडियामा भम्र फैलाउने प्रति आपत्ति जनाएको छ । समचार लेख्नु भन्दा पहिला सत्यतथ्य बुुझन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी यो बारेमा आफुलाई जानकारी भएको आफु पनि बुुझने वताए । ठेकेदारको बिषयको हो कही खटिमा हाल्छन्, कही बढिमा हाल्छन्, अन्य सामान किने जस्तो नभएको अधिकारीले वताए ।

चर्चामा

सम्बन्धित समाचार