शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लगातारको बर्षाले जनताको बेहाल भएकोछ,

लगातारको बर्षाले जनताको बेहाल भएकोछ,

  • बिहिबार, असार ३, २०७८
लगातारको बर्षाले जनताको बेहाल भएकोछ,

लगातारको बर्षाले जनताको बेहाल भएकोछ,
खोला-नालामा पनि पानीको उछाल भएकोछ।

कहिले बाडी कहिले पहिरो यस्तो हाल देशमा,
कयौँ निर्दोश को ज्यान लिने भुचाल भएकोछ।

सरकारलाई जन धनको के मत्लब बेखबर त्यो,
सदैभरी आफ्नै कुर्चिको ठुलो बबाल भएकोछ।

कहिले बिदेशी हस्तक्षेप कहिले प्रकोप प्राकृती,
सदियो देखि हामिलाई त्यो महाकाल भएकोछ।

हाम्रो देशभित्र लुटेरा शुरक्षित छन देशद्रोहीहरु,
यँहा त मुर्दाको कात्रो चोर मालामाल भएकोछ।

हो मैले त सदैभरी भण्डाफोर्ड गर्छु भ्रष्टचार को,
सबैले भन्छन तेरो रचना त बेमिशाल भएकोछ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार