बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • वडा कार्यालयबाट बृद्ध भत्ताको ५० लाख चोरी !

वडा कार्यालयबाट बृद्ध भत्ताको ५० लाख चोरी !

  • मङ्लबार, असार १, २०७८
वडा कार्यालयबाट बृद्ध भत्ताको ५० लाख चोरी !

एउटा वडा कार्यालयबाट वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी भएको घटना बाहिर आएको छ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गएको चैत २४ मा चोरी भएको थियो। घटना चैतमा घटेको भए पनि अहिलेसम्म संघीय मन्त्रालयमा जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि घटना बाहिर आएको हो।

वृद्धभत्ता चोरी प्रकरण्माा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टोली नै पठाएर छानबिन थालेपछि कुरा बाहिर पोख्खिएको हो।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ अहिले फोनै उठाउदैनन्। भित्रभित्रै मिलाउन खोजेको कुरो बाहिर आएपछि सातो गएको छ, उनको । चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखेको ५० लाख र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चोरी भएको थियो । बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम भेटिएन, वडाध्यक्ष र कर्मचारी तीनछक्क परे।

सीसीटीभीबाट चोर पत्ता लागेन। चोरै नदेखाउने कस्तो सीसीटीभी राखिएको होला ? प्रहरीमा उजुरी गरेर अनुसन्धान गरिएपनि चोर फेला परेको छैन।

अहिले मन्त्रालयलले सरकारी रकम वडा सचिवको नाममा जम्मा गरेको, बैंकबाटै भत्ता वितरण गर्नुपर्ने प्रावधानलाई नटेरेको, एकपटकमा १० लाखभन्दा बढी रकम बैंकबाट झिक्न नपाइने भए पनि प्रशासकीय अधिकृत आफैंले पटक–पटक नियम उल्लंघन गरेर बढी रकम झिकेको र घटनाको जानकारी नदिएको गल्ती भेटाएको छ।

विभिन्न गल्ती र असावधानी गरेका कारण प्रशासकीय अधिकृत निलम्बनमा परेका छन्। पञ्चकन्यामा प्रशासकीय अधिकृत नरेश पुडासैनी चार वर्षभन्दा बढी समयदेखि कार्यरत छन्।

उनले कहिल्यै सरुवा नमागेको कुरो पनि मन्त्रालयको छानविन टोलीले पत्ता लगाएको छ । घटनाबारे सोधिएको स्पष्टीकरण समेत चित्त बुझ्दो नदिएपछि उनलाई निलम्बन गरेर थप छानबिन थालिएको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार