मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

  • मङ्लबार, असार १, २०७८
पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

सप्तरी । पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।

सप्तरी जिल्लाको महादेवा गाउँपालिका-२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् ।

डलबा चिप्लिएर पोखरीमा डुब्दा बेहोस भएकी बालिकालाई तत्काल उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । मृतक बालिकाको राजविराजस्थित अस्पतालमा पोष्टमार्टम भएको छ ।

चर्चामा

सम्बन्धित समाचार