शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ४ जना मन्त्रीले लिए सपथ

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ४ जना मन्त्रीले लिए सपथ

  • आइतवार, जेष्ठ ३०, २०७८
गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ४ जना मन्त्रीले लिए सपथ

पोखरा —  गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बुझिएको छ । उनी आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडी बढेका हुन् ।
गण्डकीमा पहिले ७ मन्त्रालय मात्र रहेका थिए । तर पछि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय बनाएका थिए । ११ मन्त्रालय बनाइएपछि कांग्रेस र माओवादीलाई ३–३ जसपालाई १ र थपिने छन् ।

वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेष्ठ २७ गतेसंसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् । त्यही अनुसार शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार