शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • त्रिबेणी नगरपालिकामा चिकित्सक द्धारा नियमित स्वास्थ्य सेवा

त्रिबेणी नगरपालिकामा चिकित्सक द्धारा नियमित स्वास्थ्य सेवा

  • शुक्रबार, जेष्ठ २८, २०७८
त्रिबेणी नगरपालिकामा चिकित्सक द्धारा नियमित स्वास्थ्य सेवा

बाजुरा– बाजुराको त्रिबेणी नगरपालिकामा चिकित्सक द्धारा नियमित स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । नगरपालिकाले अस्थायि करारमा डा.सलिना श्रेष्ठलाई भर्ना गरेर नगरपालिकामा पहिलो पटक चिकित्सक द्धारा नियमित स्वास्थ्य सेवा शुरु गरेको नगरप्रमुख राम सिं रावलले वताएका छन् ।
त्रिबेणी नगरपालिकाको ४ तोलीको टुडेगडामा त्रिबेणी अस्थायि कोभिड अस्पताल सञ्चालन सँगै चिकित्सक मार्फत स्वास्थ्य सेवा दिएको हो । नगरपालिकामा सेवा सञ्चालन भएपछि स्थानिय बासि खुशि भएका छन् । अस्पताल बाट बिरामी चेकजाँच, परामर्श सेवा र औषधी वितरण शुरु गरिएको छ । अस्पतालले नियमित ओपिडी, ड्रेसिङ्ग, सुचरिङ्ग, आइ एण्ड डी, कोरोनाको चेकजाँच र बिरामी बेड भर्ना गर्ने गरि सेवा सञ्चालनमा ल्याएको निमित्त प्रमुख प्रशासकिय अधिकृत चिरिञ्जीबि शाहले वताएका छन् ।

नगरपालिको दुुइसाता पहिला मात्र सञ्चालनमा ल्याएको अस्पतालमा दैनिक १५ जना भन्दा बढि बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा एकजना चिकित्सक सहित २ जना स्टाफ नर्स र तिन जना कार्यलय सहयोगि रहेका छन् । बिरामी चेकजाँच अहिले निरन्तर रहेको चाडै एक्सरे सेवा, इर्मेजेन्सि सेवा, ल्याब सेवा सञ्चालनमा ल्याउने प्रशासकिय अधिकृत शाहले वताएका छन् ।
बिरामी चेकजाँच, उपचार सँगै बिरामीलाई १० मिनेट सम्म परामर्श सेवा समेत दिने गरेको डा. सलिना श्रेष्ठले वताएकि छन् । महिला चिकित्सक नगरपालिकामा आएपछि महिलाहरु पनि खुलेर स्वास्थ्य समस्या बारे भन्ने गरेका छन्, । चिकित्सक नगरपालिकामा आएपछि रोग लुुकाउदै बिरामी तथा महिलाहरुले त पहिलो पटक उपचार पाएको स्थानिय भरत बुढाले वताएका छन् । त्यो सँगै पैसा नभएर सामान्य उपचारका लागि जिल्ला बाहिर जान नसक्नेले सेवा पाएको बुढाले वताए । स्थानिय मोहन बुढाले भने पैसा नहुुँदा जिल्ला बाहिर गएर उपचार गर्न सकेकि थिएन्, गाँउमै चिकित्सक आएपछि उपचार पाँउदा खुशि भएको वताए ।
अस्पतालमा जसो पेट दुुखेको बिरामी, महिलाको पाठेघर सम्बन्धि समस्या, चिलाउने, दम, छालाको बिरामी आउने गरेका छन् । नगरपालिका उपप्रमुख राधिका सुनारले भनिन्, नगरपालिकामा मेडिकल अधिकृत ल्याएर अस्पताल सञ्चालनमा आएपछि स्थानियलाई निकै सहज भएको वताएकि छन् । सामान्य चेकजाँच तथा चिकित्सक सेवा लिनका लागि जिल्ला अस्पताल बाजुरा जानुपर्ने बाध्यता टरेको उनले वताईन् । नगरपालिकाले ओपेडि टिकट निशुल्क गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार